लेखनाथ, २३ भदौ । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा स्थानीय तहमा उम्मेदवारी दिने क्रम र चुनावी सरगर्मी बढेको छ । यसैवीच पोखरा महानगरपालिका वडा नं ३१ निवासी सुरेन्द्र वावु तिवारीले पोखरा महानगरपालिकाको कार्यसमिति को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
तिवारीले शुभेच्छुक पत्रकारहरुको सानो भेलामा उम्मेदवारी घोषणा गरेसंगै समाजिक सञ्जाल मार्फत भिडियो अपिल सम्प्रेषण गरेका छन् । “आन्तरीक पार्टी सुदृढिकरणमा हाम्रो जिम्मेवारी, नयाँ सोच र नेतृत्वको लागि हाम्रो उम्मेदवारी” नारा बोकेर आसन्न महाधिवेशनमा होमिएका तिवारी आफूँलाई सचिव पदमा उपयुक्त र सशक्त उम्मेदवार भएको दावी गर्दछन् ।
विगत १० वर्षदेखि प्राध्यापन र स्वतन्त्र परामर्शदाता÷विकास सहजकर्ता को कार्य गरेका तिवारी नेपाल विद्यार्थी संघ का पूर्व क्षेत्रिय सभापति र तरुणदलमका पूर्व वडा सभापति र जिपि कोईराला अध्ययन केन्द्र , कास्कीका महासचिव हुन् ।
तमाम युवाहरुको सोच र लगनलाई पार्टीको एजेण्डा, कार्यक्रम र नेतृत्वले आर्कषित गरेर आन्तरीक पार्टी सुदृढिकरण गर्नुपर्नेमा उनले जोड दिएका छन ।
भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखराको काङ्ग्रेस अधिवेशन आगामी २७ गते हुँदै छ । वडा अधिवेशनको समाप्तिसँगै महानगरको नेतृत्व हाँक्नका लागि उम्मेदवारी घोषणा गर्ने क्रमले व्यापकता पाइरहेको छ ।
Discussion about this post