• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

फिस्टेल एकेडमी : अन्तर्राष्ट्रिय स्तरको विद्यालय (भिडियो)

Lekhnath Khabar by Lekhnath Khabar
May 24, 2021
in शिक्षा, समाचार, हेडलाईन
0
0
SHARES
291
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १० जेठ 
मनै लोभ्याउने दृश्यका कारण पोखराले देशी, विदेशी पर्यटकको मन तानेको छ । त्यसैले त विश्वकै पर्यटकीय गन्तव्य बनेको छ । साहसिक पर्यटनमा पनि उत्तिकै अब्बल छ पोखरा । स्वास्थ्य शिक्षामा पनि उसैगरी नाम कमाएको छ ।
एउटा अभाव थियो अन्तर्राष्ट्रिय स्तरको विद्यालय ।

अब त्यो अभाव पनि पूरा गरेको छ फिस्टेल एकेडेमीले । गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ३ दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको फिस्टेल एकेडेमीले पोखरा १७ बिरौटामा अन्तर्राष्ट्रिय स्तरको भौतिक सुविधासहित युग सुहाउँदो शिक्षामा फड्को मारेको छ ।

गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि फिस्टेल अगाडि छ । संस्थापक निर्देशक चिनु रानाभाटलाई यतिले चित्त बुझेन । विद्यालय स्तरकै गुणस्तरीय शिक्षाका लागि थुप्रै बालबालिका काठमाडौं र भारतका विभिन्न सहरमा जाने गरेको उनले देख्दै आएका हुन् ।

मनमा प्रश्न उठ्थ्यो, यी विद्यार्थीलाई पोखरामा रोक्न सकिँदैन र ? अनि अन्य सहरका बालबालिकालाई पोखरा तान्न सकिँदैन ? उनी भन्छन्, ‘विकसित मुलुकका विद्यालय हेर्ने मौका पाएँ, त्यहाँका विद्यालयका तुलनामा हामीले केही गरेकै रहेनछौं, मलाई तिनै स्कुलको अनुशरण गर्न मन लाग्यो ।’

१५ वर्ष अगाडि नै पिस्टेलले किनेको जग्गा थियो । त्यही जग्गामा अहिले १ अर्ब लगानी गरी भौतिक र अन्य संरचना निर्माण भइरहेको छ । उनको सोच र सपना अहिले साकार भएको छ । नयाँ शैक्षिक शत्रसँगै नयाँ अवधारणासहित आउँदैछ फिस्टेल एकेडेमीलाई ।

उनले भने, ‘२१ औं शताब्दीको यो परिवेशमा स्तरीय शिक्षाका लागि अब पोखरा छाड्नुपर्ने वाध्यताको अन्त्य गर्दै अभिभावकको अपेक्षालाई सम्बोधन गर्ने विश्वास म दिलाउँछु ।’

सरकारी तबरबाट निर्धारित कोर्स त पढाइ हुन्छ नै । तर विद्यार्थीका लागि त्यो मात्र पर्याप्त हुँदैन । उनीहरुलाई जीवनोयोगी ज्ञान चाहिन्छ । अनि कतिपय विद्यार्थीमा रहेको अन्तर्निहीत प्रतिभा प्रस्फुटनका लागि उसले अवसर खोजिरहेको छ । यसका लागि कुनै पनि कसर बाँकी राखिँदैन भन्छन् रानाभाट ।

उनले भने, ‘आजको कम्प्युटर युगमा प्राविधिक शैलीमा विद्यालयको लक्ष्यलाई दरिलो साथै औचित्यपूर्ण सावित गर्न हामी सदैव प्रयासरत रहन्छौं ।’
फिस्टेल एकेडेमीले त्यही अनुसारको शिक्षा प्रदान गर्न काठमाडौं र बाहिरबाट शैक्षिक जनशक्ति ल्याइसकेको छ ।

सक्षम तथा तालिम प्राप्त मानव स्रोत, साधनबाट नै अहिलेको गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिने भएकाले त्यही अनुसारको जनशक्ति व्यवस्थापन गरिएको रानाभाटले बताए ।

‘देश, विदेशका सुविधा सम्पन्न र आधुनिक तबरबाट सञ्चालित विद्यालयमा काम गरिसकेका अनुभवी दक्ष शिक्षक, कर्मचारी र सोही अनुसारको सेवा, सुविधा हामीले प्रदान गरेका छौं,’ उनले भने । प्रगतिशील शिक्षा र सोही अनुसारको शिक्षण सिकाइ स्रोत र साधनको व्यवस्थापनमा विद्यालय प्रशासन लागिरहेको पनि उनको भनाइ छ ।

बिरौटाको १८ रोपनी जग्गामा शैक्षिक तथा प्रशासकीय भवन निर्माण भइसकेको छ । जसको अन्तिम सजावटमात्र बाँकी छ । त्यसका अतिरिक्त २२ रोपनी जग्गामा खेल मैदान निर्माण गरिएको छ । जुन खेल मैदानमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितासमेत सञ्चालन गर्न सकिने विद्यालयको दाबी छ ।

वातानुकुलित र फराकिला कोठा छन् । जसमा विद्यार्थी ठेलमठेल गरेर बस्नुपर्ने छैन । विदेशको मापदण्ड अनुसार एउटा कक्षाकोठामा ३० जनामात्र विद्यार्थी रहनेछन् । सबै कक्षाकोठा स्मार्ट र डिजिटल प्रविधियुक्त छन् ।

विद्यार्थीले कोर्स र अतिरिक्त ज्ञानका लागि प्रयोग गर्न आधुनिक शैलीको पुस्तकालय निर्माण गरिएको छ । जसमा इलाइब्रेरी अलग्गै छ । अतिरिक्त क्रियाकलाप र सेमिनारका लागि तलैपिच्छे सुविधासम्पन्न हलसमेत बनाइएको छ ।

विज्ञान कम्प्युटर र अन्य विषयगत सिकाइका लागि सुविधा सम्पन प्रयोगशाला निर्माण भइरहेका छन् । यसका लागि कोठाहरु तयार भइसकेका छन् भने सामग्री बाहिरबाट आउने क्रममा छन् ।

सिनियर र जुनियर लेभलका विद्यार्थीलाई छुट्टाछुट्टै कम्प्युटर ल्याब बनाइएको छ । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय खानपान चाहिन्छ । यसैका लागि फिस्टेलले ओपन किचनसहित ४ सयभन्दा बढी विद्यार्थी अट्ने भोजनालय बनाएको छ ।

फिस्टेल एकेडेमी नेपालमा खेलाडी उत्पादन गर्ने विद्यालयमा अगाडि छ । भलिबलका थुप्रै राष्ट्रिय खेलाडी फिस्टेलका उत्पादन हुन् । अहिले नयाँ शैलीको संरचनामा फिस्टेलले खेलकुदका लागि मनग्गे लगानी गरेको छ । मिनी ओलम्पिक आकारको स्विमिङ पुल साथै बालबालिकाका लागि पनि अलग्गै स्विमिङ पुल बनाइएको छ ।

जसमा तातोपानीसमेत रहनेछ । ठूला भवन र कोठामात्र होइन, स्वच्छ वातावरणका लागि खुला ठाउँ पनि चाहिन्छ । यसका लागि पर्याप्त ठाउँ छाडिएको र प्रत्येक कक्षा कोठाको बाहिर आवागनमा लागि उस्तै गरी धेरै ठाउँ राखिएको छ । रानाभाटले भने, ‘वातावरणीय प्रदूषणबाट मुक्त कोलाहलरहित वातावरणमा हामी शिक्षा प्रदान गर्नेछौं ।’

त्यतिमात्र कहाँ हो र ? हरेक तला र कोठाहरुमा पुग्नका लागि अपांगतामैत्री ¥याम्पका साथै लिफ्ट र त्यही अनुसारका खुला भ¥याङका कारण विद्यार्थीलाई आउजाउ गर्न सहज हुने विद्यालय प्रशासनको विश्वास छ । स्वास्थ्य सतर्कताका लागि अलग्गै कक्ष र अनुभवी स्वास्थ्यकर्मी पनि रहनेछन् ।

आधुनिक शैलीमा बनाइएको भूकम्प प्रतिरोधात्मक विद्यालय भवनमा अन्डरग्राउन्ड पार्किङको व्यवस्थासमेत छ । हाल १२ कक्षासम्मको पढाइ हुने फिस्टेलमा आगामी दिनमा उच्च शिक्षाका कक्षासमेत सञ्चालन गरिने संस्थापक निर्देशक चिनु रानाभाट बताउँछन् । फिस्टेलले यसै वर्षबाट विज्ञानमा ११÷१२ को कक्षासमेत सञ्चालन गर्दै छ ।

Previous Post

वेगनास युवा क्लवको अध्यक्षमा निराजन बराल, वेगनास सफाइको १०० औं श्रृंखला सम्पन्न

Next Post

के हो नागरिकतासम्बन्धी विवाद ? के छ अध्यादेशमा ?

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
के हो नागरिकतासम्बन्धी विवाद ? के छ अध्यादेशमा ?

के हो नागरिकतासम्बन्धी विवाद ? के छ अध्यादेशमा ?

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?