पोखरा, १८ बैशाख । पोखरा ३१ मा सक्रिय रहेको बेगनास युवा क्लवको अध्यक्षमा निराजन बराल सर्वसम्मत निर्वाचित भएका छन् ।
क्लबका अध्यक्ष रामवहादुर रानाभाटको सभापतित्वमा शनिबार सम्पन्न ३० औं साधारणसभा तथा १५ औं अधिवेशनले बरालको अध्यक्षतामा ११ कार्यसमिती सदस्य निर्वाचित गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा रोशन खनाल, सचिबमा रामकृष्ण लामीछाने, सहसचिवमा सुभाष थकाली र कोषाध्यक्षमा प्रकाश बराललाई सर्वसम्मत गरेको हो।
त्यस्तै सदस्यहरुमा गजेन्द्र रानाभाट, नितेश लालचन, बुद्ध गुरुङ, बिज्ञान कोईराला, सुजन आचार्य र सागर रानाभाट सर्वसम्मत भएका हुन्।
बेगनास युवा क्लबको बर्तमान उचाईलाई अझै माथी पुर्याउने योजना सहित नयाँ जोस र जांगर लिएर आएको निर्वाचित अध्यक्ष बरालले प्रतिबद्धता व्यक्त गरेका छन्।
क्लवले नयाँ अध्यक्ष पाए संगै निवर्तमान बनेका रानाभाटले पदिय दायित्व बाट केही टाढा भएपनी क्लबका हरेक गतिविधिलाई सकृय रुपमा सल्लाह, सुझाव र सहयोग गर्न तयार रहेको जानकारी गराउदै आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पुर्णलाई आभार एवंम धन्यवाद प्रकट गरे।
कार्यक्रममा पुर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारी, कृष्ण प्रसाद ढुंगाना, महेश पौडेल, केदार लामिछाने, संचारकर्मी सचिन रानाभाटले शुभकामना मन्तव्य राखेका थिए।
पोखराको लेकसाईड पछिको दोश्रो गन्तव्य रहेको बेगनासताल लाई सफा, ब्यबस्थित र सुन्दर राख्नका लागि २०७४ माघ २० गते देखि शुरु भएको बेगनासताल बृहत सफाई अभियानले शनिबार १०० औं हप्ता सम्पन्न गरेको छ।
पोखरा ३१ वेगनासलाई कार्यक्षेत्र बनाएको क्लवले बेगनासताल क्षेत्र मात्र होईन पोखराको फेवा तालमा जलकुम्भी सफाई अभियान, फेवा किनार तथा फिर्के खोला सफाई अभियान लगायतका ठाउँहरुमा अभियान सम्पन्न गरिसकेको छ। सफाई अभियानको अलावा युवाहरूलाई लक्षित गर्दै दुई संस्करणको वेगनास कप, छेलो प्रतियोगिता समेत सम्पन्न गरेको हो।
Discussion about this post