लेखनाथ, २४ माघ ।
नौविसे ओख्ले डाँडा टोल विकास संस्थाको अध्यक्षमा प्रमोद कुुमार पौडेल चयन भएका छन । दशौं वार्षिक साधारण सभा एवम् छैटौं अधिवेशनले पौडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । अधिवेशनले समितिको उपाध्यक्षमा शान्ता पौडेल, सचिवमा विष्णुु प्रसाद लामिछाने, कोषाध्यक्षमा दुर्गादेवि घिमिरे र सह सचिवमा दिपक सापकोटा सर्वसम्मत रुपमा चयन गरेको छ ।
यसै गरी सदस्यहरुमा सोम बहादुर थापा, शान्ति सुवेदी, कृष बहादुर कुमाल, कल्पना अधिकारी, मेघनाथ मरासिनी र चिजामायाँ थापा रहेका छन । यसै गरी सुरज तिवारीको संयोजकत्वमा एक लेखा समिति समेत उक्त अधिवेशनले चयन गरेको छ भने लेखा समितिको सदस्यहरुमा सरस्वती आचार्य र देवि प्रसाद सुवेदी चयन भएको छन ।
यस अघि कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष चेत बहादुर गुरुङले नौविसै ओख्ले डाँडा टोल विकास संस्थाले आफ्नो टोलमा गरेका कामहरुको प्रशंसा गर्दै टोलविकास संस्था मार्फत गरिने सामाजिक कार्यमा वडाको तर्फबाट आफूले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसै गरी लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले आफ्नो टोलको विकास गर्न टोलवासीहरु नै लाग्नुपर्ने बताउँदै लेखनाथ उद्योग वाणिज्य संघले गर्ने विभिन्न सामाजिक कार्यहरुमा टोल विकास संस्थाहरुले पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
सोही कार्यक्रममा समाजसेवी एवम् संस्थाका सल्लाहकार विजयबाबु बनवासी, पशुचिकित्सक एवम् सल्लाहकार ठगेन्द्र प्रसाद अर्याल लगाएतले नौविसे ओख्ले डाँडा टोल विकास संस्थामा रहेका सबै टोल बासीहरुको भावनात्मक एकता भएमा यस टोललाई नमूना टोलको रुपमा विकास गर्न सकिने बताएका थिए भने साहारा आमा समूहकी अध्यक्ष लक्ष्मी अर्याल, चेतनशिल आदर्श युवा क्लबका अध्यक्ष किशोर सुवेदी, समाजसेवी विमल बाबुु न्यौपाने लेखा संयोजक सुरज तिवारीले टोल विकासका वारेमा बोलेका थिए ।
एकका लागि सबै र सबैका लागि एक भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्थापना गरिएको टोल विकास संस्थाले संस्थासँग आवद्ध भएका सदस्यहरुसँग आर्थिक कारोबार गर्दै आएको कोषाध्यक्ष प्रमोद कुुमार पौडेलले बताए । संस्थामा आवद्ध भएका १७५ सदस्यहरुबाट मासिक रुपमा रु ५ सय वचत संकलन गरी आर्थिक वर्ष २०७७÷७८ मा ७५ लाख १७ हजार २ सय ४९ रुपैया आर्थिक कारोवार भएको पौडेलले जानकारी दिंदै संस्थामा ७ लाख ८४ हजार ९ सय ५८ नाफा भएको बताए । संस्थाले सदस्यहरुलाई समस्याको प्राथमिकताको आधारमा साधारण जमानीमा ५० हजार र एकाघरका सदस्यहरुको रोहबरमा १ लाख सम्म कर्जा प्रवाह गरेको उक्त अवसरमा पौडेलले जानकारी दिएका थिए ।
एसईइ परीक्षा २०७७ मा उत्कृष्ट नतिजा हासिल गर्ने बाबुु नानीहरुलाई सम्मान समेत गरिएको सो कार्यक्रम संस्थाका अध्यक्ष हेम बहादुुर बानियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सन्चालन सचिव सञ्जय बाबु भट्टराइले गरेका थिए ।
Discussion about this post