लेखनाथ, २४ माघ ।
पर्वत उद्योग बाणिज्य संघको महिला उद्यमीहरुको भ्रमण टोलीलाई शनिवार एक कार्यक्रमका विच लेखनाथमा स्वागत तथा सम्मान गरिएको छ ।
अध्ययन अवलोकन भ्रमणको सिलसिलामा लेखनाथ आईपुगेको भ्रमण टोलीलाई लेखनाथ उद्योग बाणिज्य संघले स्वागत गर्दै ब्यवसायीक अनुभव साटासाट समेत गरिएको थिए ।
कार्यक्रममा बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले दुई संस्थाका विच भाइचाराको सम्बन्ध विस्तार गर्दै ब्यवसायीक अनुभव र वजारीकरणको क्षेत्रमा पनि सहकार्य गर्दै अगाडी वढ्न सके दुवै क्षेत्रका महिला उद्यमीहरुलाई सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।
सोही अवसरमा भम्रण टोेलीका संयोजक तथा पर्वत उद्योग बाणिज्य संघ महिला उद्यमीकी सभापति माया गिरीले महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने गरि स्थानिय स्रोत र साधनको प्रयोग गरि उद्योग कलकारखाना संचालनको अभियानमा लाग्नु पर्ने सुभाव दिएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघ महिला उद्यमी परिचालन उप–समितिका संयोजक मेनुका श्रेष्ठले दुई संस्थाका विचको सम्बन्धलाई आगामी दिनमा अझ वढि प्रभावकारी बनाउन सहकार्य गर्नुपर्ने वताएकी थिईन । उक्त कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र वास्तोलाले गरेका थिए ।
Discussion about this post