स्याङ्जा । स्याङ्जाको फेदी खोलामा अवस्थित महेन्द्र जनसहयोग अभारभुत विद्यालयको ६० औं वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका विच सम्पन्न भएको छ ।
फेदीखोला गाउँपालिका–२ स्थान चौरमा अवस्थित विद्यालयको वार्षिक उत्सवको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले उद्घाटन गरे । अध्यक्ष सुबेदीले सो अवसरमा कक्षागत तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुन सफल विद्यार्थी लाई पुरस्कृत गरे ।
कार्यक्रमम ागाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङ, स्याङ्जा जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दोव बहादुर कार्की, पूर्व विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बराल, शिक्षक अभिभावक संघका अध्यक्ष चित्रबहादुर कार्की, स्वाभिमान इङ्लिस बोर्डिङका प्रिन्सिपलहर्क बहादुर कार्की, कराँते प्रशिक्षक लक्ष्मण कुँवर, पूर्व शिक्षक तथा समाज सेवी नन्दकुमारी गुरुङ लगायतले विद्यालयले गुण स्तरिय शिक्षा प्रदान गर्नुपर्ने मा जोड दिएका थिए ।
पुस महिनाको ८ गते मनाइँदै आएको वार्षिक उत्सव यसपटक विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण केही समय पछाडी धकेलिएको विद्यालयका प्रधानाध्यापक तारापती सुवेदीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक गोदार उपमा, सञ्चालन सिता रोका र पार्वती कार्कीले गरेकाथिए ।
२०१८ साल बाट औपचारिक रुपमा सञ्चालनमा आएको विद्यालयमा हाल ६२ जनाविद्यार्थी अध्यनरत छन् । कक्षा ८ सम्म अध्यापन हुने विद्यालयमा १० जनाशिक्षक र एक जना कार्यलय सहयोगी रहेको प्रधानाध्यापक तारापती सुबेदीले जानकरी दिए ।
साथै सोही विद्यालयका पूर्व विद्यार्थी गोदार उपकार थापाको पहलमा जापानको पीक एड फाउण्डेसन जापान र नोगुचीकेन जापानको आर्थिक सहयोग भइरहेको विद्यालयको संरचनाहरुको मर्मत तथा पुर्ननिर्माणको काम पनि अन्तिम चरणमा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर गोदारले जानकारी दिए ।
Discussion about this post