• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

१ अर्ब ६० करोडको लागतमा तालचोक-बेगनास नमुना सडक बन्ने

Lekhnath Khabar by Lekhnath Khabar
February 4, 2021
in हेडलाईन
0
0
SHARES
434
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, माघ २२ गते । १ अर्ब ६० करोड ५० लाखको लागतमा पोखराको लेखनाथस्थित तालचोक देखि बेगनासताल सम्मको सडक स्तरोन्नति हुने भएको छ । प्रतिकिलोमिटर लागतको आधारमा यो सडक सबै भन्दा महँगो हुनेछ ।

विश्व बैँकको आर्थिक सहयोगमा बन्न लागेको सडकको डिपिआर समेत तयार भैसकेको पोखरामा बुधबार आयोजित कार्यशालामा जानकारी गराइएको हो । ३.२८ किलोमिटरको उक्त सडकचार लेनको हुनेछ । सडक दाँयाबायाँ साइकल ट्र्याक, पैदलमार्ग, व्यवस्थित नाला, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्यबत्ती राखिने प्रोजेक्ट इन्जिनियर नवराज बोहोराले जानकारी दिए । सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिने उनको भनाई थियो ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले वर्षौदेखिको सपना पूरा हुन लागेको भन्दै उक्त सडक महानगरको नमुना र गौरवको सडकबन्ने बताए । लामो समयको प्रयासपछि विश्व बैकको सहयोगमा पोखरामा पहिलो काम हुन लागेको भन्दै मेयर जिसीले कुनै पनि हालतमा समयमै काम पूरा गर्नुपर्ने चुनौती रहेको बताए । निकै महँगो मुल्यमा बन्न लागेको उक्त सडक निर्माणपछि बेगनासताल क्षेत्रको पर्यटकीय सम्भावना समेत बढेर जाने उनको भनाई छ ।

बाटो विस्तार गर्ने क्रममा खानेपानी, विद्युत पोल र टेलीफोनका तार स्थानान्तरणको कार्यमा सम्बन्धित कार्यालयहरुले महानगरको समन्वयमा गर्नुपर्नेछ । उक्त क्षेत्रमा सडक विस्तार हुँदैछ भन्ने जानकारी पाउँदा पाउँदै विद्युतका पोल गाड्ने लगायतका कार्य जारी रहेको भन्दै मेयर जिसीले समन्वयको अभावमा काम गर्न कठिन हुने बताए । महानगरले निर्माण गरेका संरचना प्रयोग गर्दा टेलीकम, विद्युत र खानेपानी समेतले महानगरलाई कर तिनुपर्ने उनले वताए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले आयोजनाको लागत नबढ्ने गरी काम गर्न आग्रह गरे । यस आयोजनामा शहरी विकास मन्त्रालयसंग सम्झौता गरेर कार्य अघि बढाउनुपर्ने आवस्यकता रहेको उनले बताए । महानगरको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै बरालले निर्माण कार्य समयमै पूरा गर्नुपर्नेमा जोड दिए । बैदेशिक सहायतामा निर्माण गरिने सडक भएकाले निर्माण सम्पन्न हुदा डिपिआरमा तोकिए भन्दा गुणस्तरमा कुनै कमि आउन नहुने बताए ।

Previous Post

स्वर्गीय धन बहादुर गायकको स्मृतिमा शोक सभा

Next Post

महेन्द्र जनसहयोग आधारभुतविद्यालयको वार्षिक उत्सव सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
महेन्द्र जनसहयोग आधारभुतविद्यालयको वार्षिक उत्सव सम्पन्न

महेन्द्र जनसहयोग आधारभुतविद्यालयको वार्षिक उत्सव सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?