• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

स्वर्गीय धन बहादुर गायकको स्मृतिमा शोक सभा

Lekhnath Khabar by Lekhnath Khabar
February 3, 2021
in समाचार
0
0
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

सन्तोष बस्याल

पोखरा ।

पोखरामा स्वर्गीय धन बहादुर गायकको स्मृतिमा शोक सभा गरिएको छ । बुधबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा उक्त शोक सभा सम्पन्न भएको हो ।

शोक सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले धनबहादुर गायकको पार्थिव शरिर आज नरहे पनि साधना र सिर्जनाले अमर बनाइरहने बताए । उनले आफुले २०३५ ०३६ साल तिर डाँफे कला मन्दिरमा गायकले मादल बजाएको देख्दा नै मन्त्रमुग्ध भएको स्मरण गरे । अर्थमन्त्री गुरुङले पछिल्लो समय भाइरल भन्ने शब्दले सच्चा कलाकार मारमा परेको बताएका छन् । उनले भनेका छन्, “भाइरलको पछाडी दौडँदा नेपाली गीतसंगीतको मर्म नै बिर्सिएको आभाष हुन्छ । यसले सच्चा संगीतकर्मीमा असर पुगेको छ । मौलिक संगीतको रक्षाका लागि साधनारत कलाकार नै अब जुट्नुपर्ने बेला आएको छ ।”

अर्थमन्त्री गुरुङले भाइरल दुई चार दिनको मात्र हुने तर साधना, त्याग र तपस्याले आएको सिर्जना वर्षौ यादगार रहने धारणा प्रस्तुत गरे । उनले कलाकारको हितका लागि गण्डकी प्रदेशमा रोयल्टी संकलन अभियानलाई पूर्ण रुप दिन आफुले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले धनबहादुर गायकको निधनले समग्र नेपाली संगीत क्षेत्रमा नै अपुर्णिय क्षति भएको बताएका छन् । उनले गायकले नेपाली लोक संगीतमा पु¥याएको योगदानलाई बिर्सन नहुने धारणा राखे । पृथ्वीनारायण क्याम्पसमा तत्कालिन समयमा आफु अनेरास्ववियुको नेतृत्व गर्दा आयोजना हुने लोकदोहोरी प्रतियोगिताका कार्यक्रममा धनबहादुर गायकको नियमित उपस्थिति रहने उनले स्मरण गरे । गायकको मादल बजाउने कलाले नै आफुलाई आर्कषित बनाएको उनको भनाई थियो । कलाकारको सिर्जनाको संरक्षणमा प्रदेश सरकारसँग आफुले लबिङ्ग गर्ने प्रतिबद्धता उनको थियो ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले धन बहादुर गायकका सिर्जनाले समाज रुपान्तरणमा टेवा पु¥याएको औंल्याए । उनले समुन्नत संस्कृतिको आधार भनेकै गीत संगीत भएको उल्लेख गरेका छन् । मानिस जन्मदा लिएर आउने एउटै सत्य मृत्यु भएको बताउँदै धनबहादुर गायकका अजम्बरी सिर्जनाको संरक्षणमा सबैले ध्यान पुर्याउन आग्रह उनको छ । फरक प्रसंगमा उनले देशमा नियत सही भएको शासकको अभाव भएको बताएका छन् । उनले भनेका छन्,“देशका शासकमै नियत सही नहुँदा वर्तमान राजनीतिक अवस्था आएको छ । शासकको कमजोरीका कारण हरेक क्षेत्र आज धरासायी बनेको छ ।” उनका अनुसार सही शासकले नै देशका समस्यालाई बुझ्न सक्छन् ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले स्वर्गीय धनबहादुर गायक पोखराकै पहिचान भएको बताएका छन् । उनले भनेका छन्,“स्वर्गीय धनबहादुर गायक सिङ्गो पोखराकै पहिचान हुन् । सालिनता, सिष्टता र निरन्तर लगावका कारण नै उनको गरिमालाई बढाएको छ ।” उनले धनबहादुर गायकको देहावासनले साराङ्गी र मादल जस्तो लोकबाजा बजाउने एक सच्चा अभिभावक गुमेको बताएका छन् । उनले परिवारका साथमा हर हमेशा कांगे्रस कास्की रहने प्रतिबद्धता व्यक्त गरे । धनबहादुर गायक प्रतिष्ठानलाई समेत आफु र कास्की कांग्रेसको सहयोग रहने भनाई उनको छ । उनले सरकारले कलाकारको हित र अधिकारका लागि देखिने गरी नै काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् ।

कार्यक्रममा भूमी व्यवस्था सम्बन्धि आयोगका संयोजक दामोदर वैरागीले धनबहादुर गायक परिस्थिति अनुसार सिर्जनालाई प्रस्तुत गर्न सक्ने कलाकार भएको बताए । नेपालमा बोल्ने तर नगर्ने समस्या भएको बताउँदै उनले कलाकारका सिर्जना र सांस्कृतिक महत्वका विषयलाई जोगाईराख्न सरकारले नीतिगत रुपमा निर्णय गर्नुपर्ने उल्लेख गरे । उनले सालीक बनाउनु मात्र ठूलो कुरा नभई संरक्ष्ण गर्नु ठूलो कुरा भएको प्रति जोड दिएका छन् । स्रष्टालाई अधुरो सम्मान गर्न नहुने जिकिर उनको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष वर्तमान संरक्षक प्राज्ञ प्रजापती पराजुलीले धनबहादुर गायकसँग आफ्नो भेट २०३७ सालमा भएको बताए । २०४१ सालसम्म सँगै दोहोरी प्रतियोगिताका कार्यक्रममा सहभागी भएको बताउँदै २०४२ सालमा “पोखरामा क्या राम्रो फेवाताल” गीतमा गायकले मादल बजाएको स्मरण गरे । उनले राज्यले कलाकारलाई सम्पत्तिको रुपमा अनुसरण गरे कलाकारको हकअधिकार वञ्चित हन नहुने धारणा राखे । उनले राजनीतिक दलहरुले प्रतिष्ठान सँग संस्था चलाउन सिक्नुपर्ने बताएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले आफु स्याङजा देखि पोखरा आएर संघर्ष गर्दा अभिभावकको रुपमा धनबहादुर गायक पाएको स्मरण गरे । गायकका सिर्जना संरक्षणमा प्रतिष्ठान कटिबद्ध भएर लाग्नेमा विश्वस्त रहन आग्रह गरेका छन् ।

कार्यक्रममा सम्पूर्ण सह—आयोजक संस्थाको तर्फबाट सप्तरङ्गी सांस्कृति प्रतिष्ठानका अध्यक्ष लोक गायक पदमराज ढकालले बोलेका थिए । स्व.धनबहादुर गायकका छोरा दिलिप गायकले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई साराङ्गीको रानी बाजा सहयोग स्वरुप हस्तान्तरण गरे । उनले बुवाको अधुरा सपनालाई आफुले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । शोक सभामा स्व. धनबहादुर गायकका विषयमा प्रतिष्ठानका पूर्व अध्यक्ष वर्तमान संरक्षक लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले चर्चा गरेका थिए ।

स्व. धनबहादुर गायक ‘नरोउ मायालु….’, ‘बेली र चमेली…’, ‘फुल मायामा नभुल..’ लगायतका गीतका सर्जक हुन् । उनले झलकमान गन्धर्व राष्ट्रिय सारंगी संरक्षण पाठशाला प्रतिष्ठान मार्फत मादल र साराङ्गीको प्रशिक्षण गराउँदै आएका थिए । शोक सभामा समेत उक्त प्रतिष्ठान मार्फत प्रशिक्षण लिएका कलाकारले स्व. गायककै गीतलाई बाद्यबाद्यन मार्फत प्रस्तुत गरे ।

शोकसभालाई सम्पन्न गर्न सह—आयोजक संस्थामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की, हिमाली सांस्कृतिक परिवार, झलकमान गन्धर्व राष्ट्रिय सारंगी संरक्षण पाठशाला प्रतिष्ठान, सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठान, अलिमिया वाङ्मय प्रतिष्ठान, कल्याण शेरचन स्मृति प्रतिष्ठान , त्रिवेणी संगीतालय न्यूरोड, सांगीतिक कलाकार संघ नेपाल कास्की, गुरुङ कलाकार संघ नेपाल गण्डकी प्रदेश, नेपाल सांस्कृतिक संघ कास्की र राष्ट्रिय संगीतकर्मी मञ्च नेपाल गण्डकी प्रदेश रहेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले स्वागत गरेको कार्यक्रममा सहभागी सबैले धनबहादुर गायकको तस्बिरमा पुष्प अर्पण गरेका थिए । कार्यक्रमको संचालन सचिव लोकदोहोरी गायक राजन कार्कीले गरेका थिए ।

Previous Post

तनहुँको विद्यालयमा नेलम्बोद्वारा सहयोग

Next Post

१ अर्ब ६० करोडको लागतमा तालचोक-बेगनास नमुना सडक बन्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
१ अर्ब ६० करोडको लागतमा तालचोक-बेगनास नमुना सडक बन्ने

१ अर्ब ६० करोडको लागतमा तालचोक-बेगनास नमुना सडक बन्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?