• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

संघीयताको अभ्यास भईरहेको छ : मन्त्री चुमान

Lekhnath Khabar by Lekhnath Khabar
January 4, 2021
in समाचार
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

दमौली । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमानले देशमा स्थानीय, प्रदेश र केन्द्र गरि तीन तहमा नै संघीयताको अभ्यास भईरहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वय तथा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीको आयोजनामा आयोजित ट्राफिक व्यवस्थापन सुधार कार्यक्रमको दमौलीमा समुद्घाटन गर्दै मन्त्री चुमानले यस्तो बताएका हुन् ।

मन्त्री चुमानले सहकारीको माध्यमबाट संघीयताको संरक्षणमा जुट्नुपर्ने समय आएको बताउदै संघीयतालाई सफल बनाउन लाग्नुपर्ने बताए ।
‘ट्राफिक नियमको पालना गरौ, दुर्घटनाबाट बचौ र बचाउँ’ भन्ने मूल उद्देश्यका साथ आइतबार देखि दमौलीमा दुई पांग्रे सवारी साधानका चालकहरुका लागि एक हप्ते सडक प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

सडक संरचना जुन किसिमले गर्नुपर्ने हो सो अनुरुप हुन नसक्दा सवारी दुर्घटनामा बृद्धि हुदै गएको छ । उनले भने ‘साँघुरो सडकलाई फराकिलो बनाउँदै सडक दुर्घटना न्यूनिकरण गर्न प्रदेश सरकारबाट पहलकदमी भैरहेको छ ।’

अज्ञानताका कारण हुने दुर्घटना बाहेक लागुऔषध,मदिराजन्य सेवन गरी सवारी चलाउँदा बढी मात्रामा सवारी दुर्घटना हुने गरेकोले न्यूनिकरणका लागि निगरानी बढाउनुपर्नेमा उनले जोड दिए ।

व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले सवारी अनुमति प्रमाणपत्र लिने कार्य कठिनाई र जटिलता भएका कारण यत्तिकै सवारी चलाउने क्रम बढेकोले दुर्घटनामा पनि बृद्धि हुने गरेको उनले बताउनुभयो ।

सवारी अनुमति प्रमाणपत्र लिन सहज वातावरण बनाउनुपर्ने तर्फ ईगित गर्दै कतिपय गलत धन्दाबाट पनि सवारी अनुमति प्रमाणपत्र वितरण गरिएकोले त्यसले दुर्घटना निम्त्याउने गरेको छ । उनले भने ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सवारी दुर्घटना न्यूनिकरणको लागि सडकमै चालकलाई प्रशिक्षण दिने कार्य प्रभावकारी हुने बताए ।

गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभु प्रसाद ढकालले गण्डकी प्रदेशका एघार वटै जिल्लाहरुमा यस किसिमको कार्यक्रम संञ्चालन गरिने बताए । चालकहरुलाई प्रशिक्षण मात्रै नदिई असल सवारी चालकलाई पुरस्कृत गर्दै प्रोत्साहन गर्ने योजना समेत रहेको उनले बताए ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सई रेशम रानाभाट लगायतका वक्ताहरुले सवारी दुर्घटना न्यूनिकरणका लागि सम्बन्ध निकाय सबैले चासो दिनुपर्नेमा जोड दिएका थिए ।

बढीमा पन्ध्र सवारी : प्रशिक्षणमा खटिने ट्राफिकले दिनमा बढीमा पन्ध्र सवारी जम्मा गर्नेछ । यसरी जम्मा गरिएका मोटरसाइकल र स्कुटर दुर्घटनाबाट बच्ने उपायका बारेमा प्रशिक्षण दिइने जिल्ला इन्चार्ज रानाभाटले बताए । कम्तिमा डेढ घण्टाको प्रशिक्षण संञ्चालन गरिने बताइएको छ ।

Previous Post

सांसद कोइरालाको अध्यतामा जनयुद्ध अध्ययन प्रतिष्ठान गठन

Next Post

देवघाटका विपन्न परिवारलाई न्यानो कम्बल सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
देवघाटका विपन्न परिवारलाई न्यानो कम्बल सहयोग

देवघाटका विपन्न परिवारलाई न्यानो कम्बल सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?