• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

मजदुरी गर्नेहरुलाई छोराछोरी पढाउन मुस्किल

Lekhnath Khabar by Lekhnath Khabar
January 3, 2021
in शिक्षा, समाचार
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

अशोक विश्वकर्मा/ दुलेगौडा । कोरोना माहामारी पश्चात आम्दानीको स्रोत गुमेपछि तनहुँमा मजदुरी गरेर जिविकोपार्जन गर्ने अधिकांशलाई छोराछोरी पढाउन समस्या परेको पाइएको छ । सिर्जनशिल बाल विकास कार्यक्रमले यहाँ आयोजना गरेको छात्रबृत्ति वितरण कार्यक्रममा सहभागि भएका विद्यार्थीका अविभावकहरुले आफ्नो छोराछोरी बढाउन मुस्किल हुन थालेको पिडा पोखे ।

न्यून आर्थिक अवस्थाकै कारण आफ्ना बालबालिकाहरुलाई पढाउन समस्या झेलेकाहरुलाई प्रदान गरिएको छात्रवृत्ती ग्रहण गर्न शुक्ला आधारभूत विद्यालयमा आएकी म्याग्दे ५ की प्रियका परियारले पढ्नका लागि उचित वातावरण बनाउन दाताहरुलाई आग्रह गरिन् । भर्खर कक्षा ४ मा अध्ययन गर्ने परियारले खोलामा मजदुरी गर्ने आफ्ना अविभावकहरुले पढान सक्ने अवस्था नभएको भन्दै अध्ययन गर्ने सपना तुहिने होकी भन्दै दुख ब्यक्त गरेकी थिइन् ।“ममीले निकै दुख गरेर पढाउनभएको थियो”उनले रुदै भनिन् “अहिले पढाउन सकिदैन भन्नुभयो, निकै दुख लाग्यो ।”

परिवारको दैनिक आम्दानी हुदाँ लकडाउन अघिसम्म एक निजी विद्यालयमा अध्ययन गरेकी उनी अहिले निशुल्क रुपमा हिरामणी प्राविमा अध्ययन गर्न थालेकी छन् । सामुदायिक विद्यालयमा निशुल्क अध्ययन गर्न पाइने भएता पनि स्टेशनी र आवश्यक पोसाक किन्न समेत धौ हुन थालेको प्रियंकाकी आमा अनिताको गुनासो छ । लकडाउन पछि आम्दानी गुमेका कारण सहयोगीको भर पर्नु बाध्यता सिर्जना भएको उहाँले बताउनुभयो ।“छोरीलाई जसो तसो पढाउन सकियो ।” अनिताले भनिन् “छोरालाई पढाउन पर्ने बेला भईसकेको छ ।”

छात्रवृत्ति प्रदान गर्दै बाल विकास कार्यक्रमका सस्थापक एवं निर्देशक शंकरराज पन्तले बालबालिकालाई पढाउन समस्या भए आफुहरु सहयोग गर्न तयार रहेको बताउनुभयो ।“हामीले बार्षिक २० हजारसम्म सहयोग गरेर पढ्ने वातावरण सिर्जना गर्नेछौँ” पन्तले भन्नुभयो ।
यता शुक्ला आधारभूत विद्यालयका प्रधानाध्यापक पदमराज गौतमले सवै विद्यार्थीहरु विद्यालयमा आउने वातावरण सिर्जना गर्न आफुहरु प्रयासरत रहेको बताउनुभयो । उहाँले घरको आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि दाता खोजेर पनि सहयोग जुटाउने गरेको जानकारी दिनुभयो ।

सिर्जनशिल बाल विकास कार्यक्रमले यहाँका शुक्लागण्डकी, भिमाद र म्याग्दे गाउँपाका गरि तीन स्थानीय तहका विपन्न वर्गका १४ जना विद्यार्थीहरुलाई नगद सहित झण्डै ७० हजार बराबरको छात्रबृत्ति प्रदान गरेको थियो ।

Previous Post

कार्यकर्ता तहमा नै नेकपा विभाजित, शुक्लागण्डकीमा ओली र प्रचण्ड–माधव समुहको छुट्टाछुट्टै भेला सम्पन्न

Next Post

कारागारमा छैनन् स्वास्थ्यकर्मी, कैदीबन्दीलाई समस्या

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कारागारमा छैनन् स्वास्थ्यकर्मी, कैदीबन्दीलाई समस्या

कारागारमा छैनन् स्वास्थ्यकर्मी, कैदीबन्दीलाई समस्या

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?