• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

कार्यकर्ता तहमा नै नेकपा विभाजित, शुक्लागण्डकीमा ओली र प्रचण्ड–माधव समुहको छुट्टाछुट्टै भेला सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
January 3, 2021
in राजनीति
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल /दुलेगौडा । संसद विघटन पश्चात नेकपा पार्टीमा देखिएको विवादले अन्तत कार्यकर्ता तहसम्म नै असर परेको देखिएको छ । केन्द्रमा दुई कित्ता भई पार्टी विभाजनको अन्तिम विन्दुमा पुगेपछि तनहुँका स्थानीय तहहरुमा नेकपाका दुवै पक्ष एक ठाउँमा उभिन सकेका छैनन् । पार्टी सम्वन्धित कार्यक्रमहरु पmरक फरक रुपमा हुन थालेका छ ।

शुक्रबार शुक्लागण्डकी नगरपालिका यस्तै दृश्य देखियो । ओली पक्षको कार्यक्रम दुलेगौडामा भईरहदाँ सोही समयमा प्रचण्ड माधव समुहले पनि समान प्रकृतिको कार्यक्रम गरि एक अर्का पक्षका कमिकजोरी औल्याएका थिए ।

नगर कमिटी अध्यक्ष मुक्निनाथ तिम्सिनाको अध्यक्षमा सम्पन्न भएको ओली पक्षको कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य किरण गुरुङ्गले प्रधानमन्त्रीको आलोचना गर्नेहरुले लोकतन्त्र नै नबुझेको बताए । प्रधामन्त्रीलाई पार्टी भित्रबाट नै काम गर्न नदिएपछि संसद विघटन गरि निर्वाचनमा जाने निर्णय भएको बताउदै गुरुङ्गले निर्वाचन घोषणा हुन लोकतन्त्रको सुन्दर पक्ष भएको दावि गरे ।“निर्वाचित प्रधानमन्त्रीलाई विस्वासको मत लिनु र पुन जनता समक्ष जानु दुई विकल्प छन् ।” उनले भने “जनता समक्ष जाने बिकल्प लोकतन्त्रको सुन्दर पक्ष हो ।”

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका गुरुङ्गले नेकपा पार्टी ओली पक्ष नै आधिकारिक भएको समेत दावि गरे । एकताको समयमा भएको सहमति अनुसार ओली नै सस्थापक अध्यक्ष रहने ब्यवस्था रहेको बताउदै आफुहरु आधिकारिक भएको जिकिर गरे ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सहइन्चार्ज तथा पुर्वमन्त्री खगराज अधिकारीले आफुहरु अझै पनि पार्टी विभाजनको विरुद्धमा रहेको बताए । उनले ओली पक्षको निर्णयमा हालसम्म पनि कसैलाई कारवाही गर्ने र सदस्यता खारेज गर्ने निर्णय नभएको भन्दै एकताको पक्षमा रहेको बताए ।

यस्तै ओली समुहका केन्द्रिय सदस्य तथा नेकपाका नेता टुकराज सिग्देलले पार्टी मा सहमति अनुसार प्रचण्ड नचल्दा समस्या सिर्जना भएको बताए । नेकपाको विस्तारित बैठकमा केन्द्रिय सदस्यमा चयन भएको रामचन्द्र उपाध्यक्ष, संविधानसभा सदस्य हसिना बेगम, युवा नेता देवान गुरुङ्ग वडा कमिटीका अध्यक्ष पुर्णकुमार श्रेष्ठ लगायतले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै प्रचार गर्नेहरुको विरोध सहित आगामी निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका थिए ।

शुक्रबार नै शुक्लागण्डकी नगरपालिकाको बेलचौतामा सम्पन्न भएको प्रचण्ड माधव पक्षको कार्यकर्ता भेलामा केन्द्रिय सदस्य आशा कोइरालाले संविधानका रक्षाका लागि एक जुट हुनपर्ने बेला आएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिले लोकतन्त्र विरोधी काम गरेको दावि गर्दै कोइरालाले देशमा संकटकाल निम्त्याउन प्रयत्न भएको बताइन् । गण्डकी प्रदेशसभा सदस्य समेत रहेकी पुर्वमन्त्री कोइरालाले प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचन हुन नसक्ने ठोकुवा गरिन् ।

कार्यक्रममा गण्डकी प्रदेश कमिटीकी सचिवालय सदस्या रेखा बस्याल थापा, प्रदेश सदस्य चित्रबहादुर थापा, मदन आले, जिल्ला सचिवालय सदस्य खुमबहादुर विक राजु युवा संघ तनहुँका अध्यक्ष इश्वर बस्याल लगायतले बहुमत सदस्य रहेको आफुहरु देशको आधिकारिकता प्राप्त नेकपा भएको बताए । उनीहरुले प्रधानमन्त्रीको गलत कदमका विरुद्ध संविधान र लोकतन्त्र मान्नेहरु एक हुनपर्नेमा जोड दिए । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका दुर्गाकुमार श्रेष्ठ, प्रा.डा. चन्द्रबहादुर थापा, थमन आले, रामचन्द्र भण्डारी, दिर्घबहादुर थापा, शिवबहादुर कार्की लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नगर कमिटीका सचिव पर्शुराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Previous Post

१४ विद्यार्थीलाई ७० हजार बराबरको शैक्षिक छात्रबृत्ति

Next Post

मजदुरी गर्नेहरुलाई छोराछोरी पढाउन मुस्किल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

पुन समाज नेपालले रास्वपालाई सघाउने
राजनीति

पुन समाज नेपालले रास्वपालाई सघाउने

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल
राजनीति

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी
राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

Next Post
मजदुरी गर्नेहरुलाई छोराछोरी पढाउन मुस्किल

मजदुरी गर्नेहरुलाई छोराछोरी पढाउन मुस्किल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?