खैरेनीटार । तनहुँको शुक्लागण्डकी, भिमाद र म्याग्दे गाउँपालिकाका १४ विद्यार्थीलाई सृजनशिल बाल विकास कार्यक्रमले छात्रावृत्ति प्रदान गरेको छ । विपन्न परिवारका विद्यार्थीहरुको शैक्षिक वातावरण सिर्जना गर्न सिर्जनशिल बाल विकास र नगद सहित विद्यालय पोसाक र स्टेशनरी सामाग्री प्रदान गरेको हो ।
शुक्लागण्डकी नगरपालिका ७ शान्तिनगरमा रहेको शुक्ला आधारभूत विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीलाई छात्रावृति प्रदान गरिएको थियो ।
बाल विकास कार्यक्रमका सस्थापक एवं निर्देशक शंकर पन्तले परिवारका कमजोर आर्थिक अवस्थाकै कारण बालबालिकाहरु शिक्षा लिनबाट बञ्चित नहुन् भन्ने उदेश्यले छात्राबृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो । विगत एक दशकदेखि विद्यार्थीहरुलाई सहयोग गर्दै आएको बताउदै पन्तले आर्थिक अभाव भएर पढ्न नसकेकाहरुलाई आफुहरुले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
शुक्ला आधारभूत विद्यालयका प्रधानाध्यापक पदमराज गौतमले गैरसरकारी सस्थाहरुले शैक्षिक क्षेत्रको विकासका लागि महत्वपुर्ण योगदान दिएको भन्दै खुशी ब्यक्त गर्नुभयो । गौतमले समाजमा शैक्षिक उज्यालो छर्न सवै पक्ष एकजुट भएको लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सिर्जनशिल बाल विकासकी ब्यवस्थापक विष्णु पन्तले विद्यार्थीहरुलाई सहयोग मात्र नगरि उनीहरुको अविभावकहरुलाई समेत आर्थिक उपार्जनका लागि कार्यक्रमले सहयोग पु¥याएको बताउनुभयो । “उनीहरुको अभिभावकहरुलाई फलफुल खेति तथा पशुपालनमा बाख्रा अनुदानमा दिने ब्यवस्था पनि गरेका छौँ ।” पन्तले भन्नुभयो । “हाम्रो कार्यक्रमबाट २४ जिल्लाका दुई सय भन्दा बढी बालबालिकाले लाभ लिनुभएको छ ।”
शैक्षिक सामाग्रि प्रदान गर्दै कार्यक्रमका फिल्ड सुपरभाइजर नवराज गिरिले सिर्जनशिल बालविकास कार्यक्रम अन्तरगत १४ विद्यार्थीका लागि नगद सहित झण्डै ७० हजारको शैक्षिक छात्रावृत्ती प्रदान गरिएको जानकारी दिनुभयो । कार्यक्रमले पोखरामा बालगृह समेत सञ्चालन गर्र्दै आएको जनाउदै हाल १५ बालबालिकाको अभिभावक्त्व प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा सहभागि भएका अभिभावकहरुले लकडाउन पश्चात छोराछोरी पढाउन समस्या भएको बेला कार्यक्रमहरुले आफुहरुलाई राहत प्रदान गरेको जनाएको थिए ।
Discussion about this post