दमौली । दरवन्दी भए पनि स्वाथ्यकर्मी नहुदाँ तनहुँका कारागारमा रहेको कैदीबन्दीहरुले समस्या भोगेका छन् । स्वास्थ्यकर्मीको अभावमा कैदीबन्दीहरु सामान्य उपचार गर्नका लागि समेत दमौली अस्पताल पुग्नुपर्ने अवस्था रहेको कारागार स्रोतले जनाएको छ ।
गत असोजमा भएको समायोजनमा परि कारागारमा कार्यरत रहेको एचएप पदका स्वास्थ्यकर्मी सरुवा भएदेखि यहाँ समस्या सिर्जना भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए ।
चिसो बढुदै जाँदा कारागासमा विभिन्न सरुवा रोगको जोखिम बढ्न थालेको अधिकारीले बताए । उनले कारागारमा क्षमता भन्दा धेरै कैनिबन्दी रहेकाले पनि साँघुरो स्थानमा टाँसिएर बस्नुपर्ने भएकाले सरुवा रोग र महामारीको जोखिम उच्च रहेको बताए ।
कारागारबाट उपचारका लागि दमौली अस्तालमा लैजानुपर्ने बाध्यता भोग्दै आएको अधिकारीले १ सय पाँच जना क्षमता रहेको कारागारमा २ सय ६९ जना कैदीबन्दी रहेको जानकारी दिए । कारागारमा छालासम्वन्ध्ी रोग देखिने गरेको छ । उनीहरुलाई अस्पताल लैजादाँ जिल्ला प्रहरी कार्यालयका सवारी माग्नुपर्ने बाध्यता रहेको पनि कारागार स्रोतले बताएको छ ।
Discussion about this post