• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

गाडी लाइन छाडेर मौरीपालन तर्फ

Lekhnath Khabar by Lekhnath Khabar
December 31, 2020
in कृषी, समाचार
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

दमौली । कुनै समयमा बस मालिक भनेर चिन्दथे । अहिले मौरी बाजे भनेर परिचित छन्, जिल्लाको व्यासनगरपालिका–१गल्बुवेसी निवासी ५५ बर्षीय रामनाथ मिश्र ।
बस र ट्याक्टरबाट राम्रै आम्दानी भएपनि अस्वस्थ प्रतिस्पर्धा र बिकृति बढ्दै जान थालेपछि भएका गाडीहरु बिक्री गरेर श्रीकृष्ण मौरी फार्म दर्ता गरी मौरीपालन तर्फ लागेको उनले बताए ।
विसं ०७२ साल देखि मौरीपालन थालेपछि छुट्टै आनन्द मिलेको छ । उनले भने ‘कसैसंग झगडा र राता गाला गर्नुपरेको छैन् ।’
मौरीपालनको शुरुमा धेरै संघर्ष गर्नुपरेको गुनासो व्यक्त गर्दै मिश्रले भने जीवनमा हरेश भने कहिल्यै खाइन,त्यसकै सफलता आज मिलेको आभास गरेको छु ।
बनको मुढे घारबाट मौरी पाल्न शुरु गर्नुभएका मिश्रले दशौ पटकसम्म पनि मौरी नबसे पछि धेरै दुख पाएपनि हरेश चाहि नखाएको उनी बताउँछन् । अहिले उनको फार्ममा ५० घार सेरेना जातका मौरी रहेका छन् ।
करिब एक रोपनी क्षेत्रफलमा तारबार गरी मौरीपालन गरी मौरीलाई आवश्यक पर्ने विभिन्न किसिमका फूलहरु समेत लगाएका छन् ।
बर्षमा कम्तिमा चार सय माना मह उत्पादन हुने र प्रति माना रु.एक हजार बिक्री गर्ने गरेको उनी बताउँछन् । मौरी छुट्टाएर मौरीको घार सहित बर्षमा ५० देखि ६० घारसम्म बिक्री गर्ने गरेको उनले जानकारी दिए । यसरी बिक्री गर्दा प्रतिघार मौरी सहित रु. दश हजार मूल्य पर्नेछ ।
मह र मौरी बिक्री गरेर बार्षिक ७÷८ लाख सजिलै कमाउँदै आएको बताउँदै फार्ममा एक सय घार मौरी पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

बजारको समस्या छैन ः
उत्पादन गरिएका मह बिक्रीको लागि बजारको समस्या नरहेको उनको अनुभव छ । मह बिक्रीको लागि घरघरमा धाउनु पर्दैन । घरमा नै आएर मह लैजाने गरेका छन् । फार्ममा उत्पादन भएको मह लिनको लागि टाढा टाढा देखि मानिसहरु आउने गर्छन् । कुनै समय त मह सकिएको अवस्थामा मानिसहरुरित्तै हात फर्कनुपरेको उनी बताउँछन् । बजारमा डुलाएर बिक्री गर्ने मह अधिकाँश नक्कली हुने भएकोले डुलाएर हिड्ने संग सजग रहन सबैमा उहाँले आग्रह गरे । मह बालबालिका, बयस्क देखि बृद्धबृद्धा सबैको लागि उत्तम मानिन्छ । रुघाखोकी लागि मह अचूक औषधीको रुपमा लिइन्छ ।

यसबर्ष मह उत्पादन ह्वात्तै घट्यो
बार्षिक कम्तिमा चार सय माना मह उत्पादन गर्दै आउनु भएका मिश्रले यसबर्ष मह उत्पादन ह्वात्तै घटेको बताए । यसबर्ष अत्याधिक बर्षा परेका कारण मह उत्पादन घटेको हो । अहिले मुश्किलले बाह्र माना मह उत्पादन भएको उनले जानकारी दिए । लामो समय पानी परिरहेकोले चर्नका लागि बाहिर निस्केपनि फूलको रस पानीले पखालि दिने भएकोले सोचे अनुरुपको मह उत्पादन नभएको उनी बताउँछन् । मौरीका लागि अंरिगल, माउसुली, सुलसुले, गगटे बिच्छी लगायतका मुख्य शत्रु मानिन्छन् ।
स्वदेशमै मनग्य आम्दानी
पछिल्लो समयमा बिदेशिने युवाहरुलाई सकारात्मक सन्देश किसान मिश्रले दिएका छन् । मिहिनेत र परिश्रम गर्न सके स्वदेशमै बसेर मनग्य पैसा कमाउन सकिने उनको धारणा छ । बार्षिक आठ÷ दश लाख कमाउन बिदेशिनु पर्दैन उनले भने ‘एक सय घार मौरी पाल्न सके बिदेशमा कमाउने पैसा आफ्नै देशमा घरपरिवार संग बसेर कमाउन सकिन्छ ।’ मौरी पालनको लागि धेरै लगानी गर्न नपर्ने, दिनहुँ खटिनुनपर्ने, धेरै जनशक्ति नचाहिने हुँदा अन्य पेशाको तुलनामा सजिलो पेशाको रुपमा लिने गरिन्छ ।

मौरीबाट बिष उत्पादन गर्ने लक्ष्य ः
मौरीपालन कृषक मिश्रले मौरीबाट बिष उत्पादन गर्ने लक्ष्य रहेको बताए । महको घार भित्र रु. ६० हजार पर्ने मेशिन जडान गरी सिसासंगै करेन्ट प्रवाह गर्दा मौरीलाई करेन्ट लाग्ने र करेन्ट लागेको झोकमा रिसाउँदा सिसालाई टोक्दा बिष छाड्ने बताइएको छ ।
उक्त बिष औषधी प्रयोमा महँगो मूल्यमा बिक्री हुने भएकोले बिष उत्पादन गर्ने योजना रहेको बताए । सिसामा थोरै बिष छाड्ने भएकोले उक्त बिष कोट्याएर संकलन गरिनेछ । उक्त बिषको प्रतिकिलो रु.२५ लाखसम्म मूल्य पर्ने बताइएको छ ।
मौरी पालन किसान मिश्रलाई मौरी सहित २५ घार अनुदानमा प्रदान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका बरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । मौरी पालन तर्फ कृषकहरुलाई आर्कर्षित गर्न कार्यालयले मौरी सहितको घार अनुदानमा वितरण गर्दै आएको उनले बताए ।

तनहुँको शुक्लागण्डकीमा रहेको पर्यटकीय गन्तब्य भुजिकोट ः जाडाको मौसममा पनि विहानै न्यानो घाम लाग्ने र तनहुँ लगायत विभिन्न जिल्लाका रमणीय दृश्यहरु देख्न सकिने भएकाले भुजिकोट जाने आन्तरिक पर्यटक बढ्न थालेका छन् ।

Previous Post

गाउँका विद्यार्थीलाई लायन्सद्धारा कपडा वितरण

Next Post

एसईईको फारम खुल्यो, परिक्षा जेठमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
एसईईको फारम खुल्यो, परिक्षा जेठमा

एसईईको फारम खुल्यो, परिक्षा जेठमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?