पौष १४ म्याग्दे । लायन्स क्लब अफ तनहुँ खैरेनीटारले न्यानो कपडा वितरण गरेको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङको शान्ति आधारभुत विद्यालयका विद्यार्थीलाई ट्राक–सुट र वितरण गरेको हो ।
३० जना विद्यार्थीलाई चिसोमा न्यानो कपडा वितरण गरेको क्लबका द्धितीय उपाध्यक्ष नारायण पोख्रेलले बताए । लायन्स क्लब ३२५ बि ज्ञका चिफ एडभाईजर विनोद ढुंगाना र क्लबका अध्यक्ष राजबहादुर थापाले विद्यार्थीलाई कपडा वितरण गरे । विद्यालयमा अध्यनरत गरिब र विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन कपडा वितरण गरेको अध्यक्ष थापाले बताए ।
लायन्स क्लब अफ तनहुँ खैरेनीटार का सभापति राजबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लायन पिताम्बर तिमेल्सिनाले स्वागत गर्नुभएको थियोे भने धन्यवाद ज्ञापन कार्यक्रम संयोजक लायन हिरा बहादुर गुरूङले गर्नुभएको थियो ।
कार्यक्रम मा क्लब का अध्यक्ष दृरा विद्यालय लाई १ सेट थर्मल गन,५ लिटर सेनिटाईजर,मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्रीप्रदान गरियो । क्लब का संस्थापन अध्यक्ष समुन्द्रराम श्रेष्ठ द्धारा विद्यार्थीलाई कपि कलमका लागि नगद दुईहजार विद्यालयका प्रअलाई हस्तान्तरण गरियो । त्यस्तै क्लबका सहसचिव सुन्दर बस्यालले १ वर्ष भर विद्यालय का विद्यार्थी लाई निशुल्क स्वास्थ सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
Discussion about this post