काठमाण्डौँ । कोरोना माहामारीको सवैभन्दा बढी प्रभावमा परेको शैक्षिक क्षेत्र विस्तारै सुचारु हुन थालेको लामो समय भएको छैन ।
विद्यालयहरु खुलेको केही समय भएता पनि कक्षा १० अर्थात एसईईको परिक्षाका लागि विद्यार्थीलाई फारम खुल्ला गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को फारम खुला गरेको हो ।बुधबार सार्वजनिक गरिएको आइतबारको बोर्ड निर्णयानुसार आज विहिबारदेखि २१ माघसम्ममा फाराम भरिसक्नु पर्नेछ ।
विगतमा साउनमै खुल्ने गरेको फारम यस पटक कोभिड–१९ महामारीका कारण पुसमा खुल्ला गरेको हो । फारम शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलका अनुसार भर्खरै फारम खुला गर्ने निर्णय भएकाले जेठअघि परीक्षाको सम्भावना छैन । ‘कोभिड—१९ का कारण अध्ययन नै भएको छैन हाम्रो आकलन परीक्षा हुन कम्तीमा जेठ त कुर्नै पर्छ,’ पौडेलले भने । सामान्य अवस्थामा एसईई परीक्षा चैत्रमा हुँदै आएको थियो ।
Discussion about this post