आरसि विश्वकर्माको ‘मगरनी मोरी’ नामक गीति एल्बमको रिलिजको लागि शुभ मूहुर्त छिट्टै जुराइदै छ । उक्त गीतमा सवर आरसि विश्वकर्मा र ज्योति मगरको रहेको छ । गीतको लय र सिर्जना भने सवयम गायक विश्वकर्माको रहेको छ । उक्त गीति एल्बम छिट्टै रिलिज भएर बजारमा ल्याउने तयारी भैरहेको बताइएको छ ।
यस गीति एल्बमका कलाकारहरुमा जिबी चिरान, डिआस सुजन र निशा विश्वकर्मा रहेका छन् । तनहुँको भानु नगरपालिका–२ कवाचित जन्मघर भएका ३ बर्षीय गायककार विश्वकर्मा विसं २०७० साल देखि कलाकारिता क्षेत्रमा पाइला चाल्नु भएका युवा गायककार सानै उमेर देखि कला संगीत क्षेत्रमा खुब रुचि राख्दथे ।
करिब सात बर्षको अवधिमा ‘तिमीलाई सम्झी रुन्न’ गीति एल्बम रिलिज भैसकेको छ । यस गीति एल्बममा देवी घर्ती र आरसि विश्वकर्माको सवर रहेको छ भने लय कृष्ण बिसी,शब्द सागर रेग्मीको रहेको छ ।
त्यसैगरी, ‘बिषै पिएर’ नामक गीति एल्बममा सवय गायक र बिमला गैह्रेको सवर रहेको छ । कलाकार विश्वकर्माको हालसम्म दुई वटा गीति एल्बम रिलिज भैसकेका छन् । दुई वटा तयारी अवसथामा रहेको र एक वटा छिट्टै रिलिज हुने अवसथामा रहेको गायककार विश्वकर्मा बताउनुहुन्छ । ‘मगरनी मोरी’ गीति एल्वममा मायालु शव्दको रुपमा ‘मोरी’ लाई प्रयोग गरिएको छ । यस गीतमा मगरनी युवतीको राम्रो गुणगान गरिएको छ । उक्त गीति एल्बमले आमनागरिकहरुको सजिलै मन जित्न सक्ने बिश्वास लिएको गायककार विश्वकर्माको रहेको छ । झण्डै एक दशकको कलाकारितासंगै नाउँ र दाम कमाउने लक्ष्यका साथ कलाकारले आफ्नो यात्रालाई अघि बढाउँदै आएका छन् ।
Discussion about this post