दुलेगौडा । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ५ का ७३ बर्षीय वृद्ध व्यक्ति कोरोना संक्रमणका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थय निर्देशनालय पोखराले जनाएको छ ।
बुधबार दिउसो कोरोना संक्रमण पुष्टि भएसंगै वृद्ध व्यक्तिको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारत अवस्थामा राखिएको थियो । उपचारत अवस्थामा रहेको वृद्ध त्यही दिन बेलुका ५ः२० बजेको समयमा मृत्यु भएको निर्देशनालयको प्रेस विज्ञप्तिमा उल्लेख भएको छ ।
यस संगै तनहुँमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो भने गण्डकी प्रदेशमा १ सय ९० पुगेको छ ।
Discussion about this post