• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

विदेशी पेन्सनरलाई बृद्ध भत्ता पाउने बाटो खुल्यो

Lekhnath Khabar by Lekhnath Khabar
December 13, 2020
in अर्थ खबर, समाचार
0
0
SHARES
106
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो ।

अध्यादेशमार्फत ऐनको दफा १५ को (ग० मा रहेको ‘अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा एवम् अन्य सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था खारेज गरिएको हो ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाईरहेकाहरूले भने सामाजिक सुरक्षा भत्ता पाउने छैनन् । त्यस्तै कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनित भई बहाल रहेका व्यक्तिका लािग पनि यस्तो भत्ताको व्यवस्था गरिएको छैन ।

ऐनको यही दफामा टेकेर गत १७ असारमा गृहमन्त्री रामबहादुर थापाले विदेशी सरकारबाट नियमितरुपले निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता बन्द गर्ने निर्णय गरेका थिए । गृहको यो परिपत्रपछि स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता दिन बन्द गरेका थिए ।

गृह मन्त्रालयको निर्णयको गोर्खा भूतपूर्व सैनिक संघ ९गेसो०, राष्ट्रिय भूतपूर्व सैनिक संगठन लगायतकाले विरोध गर्दै आएका थिए । पूर्व सैनिकहरूले गोरखा भूतपूर्व सैनिक संघर्ष समिति गठन गरेको यो निर्णयको विरोध गर्दै आएका थिए ।

५० हजार लाभग्राही

बेलायती तथा भारतीय सेना, सिंगापुर प्रहरीमा काम गरेर आवकाश पाएका भूतपूर्व सैनिकहरू अध्यादेशबाट ल्याइएको यो निर्णयबाट लाभान्वित हुने देखिन्छ । विदेशी सरकारबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा प्राप्त गरिरहेकाहरूले सरकारले आफ्नो पक्षमा निर्णय गरेको बताएका छन् ।

अध्यादेशको दफा १५ संशोधन हुँदा करिब ५० हजारले लाभ पाउने सरकारको अनुमान छ । यो निर्णयले एक अर्ब ८० रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरणका लागि बाटो खोलेको छ ।

विदेशमा आफूहरूले गरेको सेवा र कर्म वापत नेपाल सरकारले ठूलो परिमाणमा रेमिट्यान्स पाइरहेको र सामाजिक भत्ता नपाउँदा आफूहरूलाई अनागरिक व्यवहार भएको पूर्व सैनिकहरूको गुनासो थियो ।

Previous Post

तनहुँको शुक्लागण्डकीमा १४ बर्षीय बालिका बलात्कृत

Next Post

नेकपाको आन्तरिक झगडाले मुलुकको विकास निर्माण रोकिदैन–मुख्यमन्त्री गुरुङ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
नेकपाको आन्तरिक झगडाले मुलुकको विकास निर्माण रोकिदैन–मुख्यमन्त्री गुरुङ

नेकपाको आन्तरिक झगडाले मुलुकको विकास निर्माण रोकिदैन–मुख्यमन्त्री गुरुङ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?