गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताउनु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित श्रवण कुमार गृह जेष्ठ नागरिक सेवा केन्द्रको आज शिलान्यास गर्दै उहाँले मृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा तीनै तहका सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रदेश सरकारले जेष्ठनागरिक तथा अपाङ्ग भौतिक संरचना निर्माणमा जोड दिंदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र माजको सझेदारीमा गरिने निर्माण उपलव्धी मूलक हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकार सडक मानव रहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उहाँले त्यसका लागि सवै पक्षको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कोरोना भाइरस कोभिड–१९को उपचारमा तीनै तहका सरकार जिम्मेवार भएर लागेको बताउँदै उहाँले सरकारी अस्पतालले निशुल्क उपचार गर्दा पनि कतिपय विरामीलाई परिवारले नीजि अस्पतालमा लैजाने गरेको बताउनुभयो ।
Discussion about this post