दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाकी १४ बर्षीया बालिका बलात्कारको शिकार भएकी छन् । महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको समयमा नै ती बालिका ५० बर्षीय पुरुषबाट बलात्कृत भएको खुल्न आएको छ ।
बारीमा कोदोको नल काट्दै गर्दा स्थानीय पुरुषले बलात्कार गरेको भन्दै बालिका सहित पिडित परिवारले इलाका प्रहरी कार्यालय बेलचौतारा समेत जाहेरी दिएको छ । यस अघि बालिकाले आफु माथि जवरजस्तीकरणी भएको घर परिवारलाई जानकारी दिएकी थिइन् ।
गाउँमा बालिका माथि बलात्कार भएको भन्दै टोल विकास समितिमा जानकारि दिएपश्चात बसेको कचहरी(बैठक)ले गाउँको कुरा गाउँमै मिलाउन दवाव समेत दिएको पिडित परिवारले जनाएको छ । आफुहरु बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र गर्न नमानेपछि शनिबार घटना बाहिर आएको बुझिएको छ ।
विश्वकर्मा थर की बालिकालाई छिमेकी केशबहादुर गुरुङले जवरजस्ती करणी गरेका थिए । पिडक गुरुङ्गलाई अहिले इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ ।
बलात्कारको जस्तो घटनामा गाउँमा मिलाउन दवाव पर्नुले नेपाली समाजको विकासका लागि नेतृत्व गर्नेहरुको क्षमता माथि प्रश्न उठाएको छ । स्रोतका अनुसार गत सोमबार बालिका बलात्कारको शिकार भएकी थिइन् ।






Discussion about this post