• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

जि.स.स तनहुँका प्रमुख वाग्ले भने–हिंसा विरुद्धको अभियान ३६५ दिन नै चलाउनु पर्छ,

Lekhnath Khabar by Lekhnath Khabar
December 9, 2020
in Uncategorized
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीमरण वाग्लेले लैङ्गिक हिंसा विरुद्धको अभियान ३६५ दिन नै सन्चालन गरिनु पर्ने बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सामाजिक विकास मन्त्रालय गन्डकी प्रदेशको सहयोगमा गैरसरकारी संस्था महासंघ तनहँुको आयोजना तथा महिला सशक्तिकरण सन्चार समाज तनहँुको संयोजनमा मंगलबार दमौलीमा आयोजित जिल्ला स्तरमा लैङ्गिक हिंसाको अवस्था तथा न्यायीक समितिको चुनौती विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रमुख वाग्लेले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३६५ दिन नै सन्चालन गरिनु पर्ने बताए ।

पछाडी पारिएका वर्ग र समुदायलाई राज्यको मुलधारमा ल्याई उनीहरुमा जागरण ल्याउन सकेमा मात्र पनि हिंसा न्युनिकरण हुने प्रमुख वाग्लेले बताए । हिंसा न्युनिकरण हुन सकेमा त्यसले न्यायीक समितिलाई समेत कार्य सम्पादन गर्न सहज हुने बताए । परम्परादेखी नै चलिआएको लैङ्गिक विभेदले हालसम्म पनि निरन्तरता पाएकै कारण अहिले पनि समाजमा लैङ्गिक विभेद हुने गरेको भन्दै वाग्लेले अव त्यस्तो परम्परा त्याग्नु पर्ने बताए । जिसस उपप्रमुख पवित्रा पौडेलले न्यायीक समितिको काम प्रभावकारी हुन सकेमा पनि हिंसा न्युनिकरण हुने बताईन् ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले लैङ्गिक हिंसाको अन्त्य गर्न स्थानीय तहको सबैभन्दा ठुलो भुमिका हुने बताए । अहिले कतिपय विषयमा स्थानीय प्रशासनको अधिकार स्थानीय तहमा पुगेको हुँदा स्थानीय तहले जनतालाई सहज हुने तरिकाले कानुन निर्माण गरि हिंसा लगायतका सबै कुरितीहरुको अन्त्य गर्न भुमिका खेल्नु पर्ने प्रजिअ आचार्यले बताए ।

अहिले मौजुदा कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेमा र न्यायीक समितिको काम प्रभावकारी बनाउन सकेमा ५० प्रतिशत हिंसालाई न्युनिकरण गर्न सकिने प्रजिअ आचार्यको भनाई थियो । जिल्ला प्रशासन कार्यालयमा अझै पनि दैनिक २ वटा जसो हिंसाका उजुरीहरु पर्ने गरेको भन्दै प्रजिअ आचार्यले त्यस मध्ये अधिकांश घटनालाई अभद्र व्यवहारको रुपमा मुद्धा चलाईने गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका एसपी अरुण पौडेलले हिंसाका उजुरीहरुलाई प्राथमिकतामा राखेर अनुसन्धान प्रक्रिया थालिने बताए । तर एकै घरका सदस्यहरु विच हुने मुद्धाका घटनालाई कहिलेकाँही मिलापत्रमा जानु पर्ने अवस्था आउने एसपी पौडेलको अनुभव छ । तर मिलापत्रमा पीडितको इच्छा सबैभन्दा महत्वपुर्ण उनले बताए । तनहँु जिल्लामा हिंसाका घटनाहरु धेरै नै उजुरी आउने भन्दै उनले बढि मात्रामा शारीरिक, मानसिक, यौनजन्य तथा आर्थिक हिंसाका प्रकृतिहरु उजुरीमा आउने बताए ।

गैरसकारी संस्था महासंघ तनहँुका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी, भानु नगरपालिकाकी उपप्रमुख आशा थापा, बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ, देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापा, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देल, म्याग्दे गाउँपालिकाकी न्यायी समिति सदस्य चिनीमाया थापाले न्याय सम्पादनको क्रममा भोग्नु परेको चुनौती र अनुभवहरुको प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्मा पोख्रेल र नेपाल वार एसोसियसनका अध्यक्ष अमृतबहादुर नेपालीले न्यायीक समितिको काम, कतव्र्य र अधिकार क्षेत्रको बारेमा सहजिकरण गरेका थिए । सो कार्यक्रमको सन्चालन महिला सशक्तिकरण सन्चार समाज तनहँुकी सचिव अन्जु दाहालले, कार्यक्रमको विषय बस्तु तथा उद्देश्यमाथी जानकारी संस्थाकी अध्यक्ष प्रकृती खनालले र स्वागत संस्थाकी उपाध्यक्ष विमला कडेलले गरेकी थिईन् ।

Previous Post

व्यासमा थपिए ५ कोरोना संक्रमित बिरामी

Next Post

सदर चिडियाखाना बिहिबार देखि खुल्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
सदर चिडियाखाना बिहिबार देखि खुल्ने

सदर चिडियाखाना बिहिबार देखि खुल्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?