दुलेगौडा । तनहुँको व्यास नगरपालिकामा बुधबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.बिनोदबिन्दु शर्माले बताउनुभएको छ ।
व्यास नगरपालिका वडा नं. १ की २० बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी सोही नगरपालिका वडा नं. ६ की ४४ बर्षीय महिला र ४९ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको व्यास नगरपालिका अन्तर्रगत वडा नं.९ का ३९ बर्षीय पुरुषमा र वडा नं. १० का १८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
Discussion about this post