दुलेगौडा । शुक्लागण्डकी जेसिसको साधरण सभा तथा अधिवेशन दुलेगौडा स्थित मिट टाउनको हलमा सञ्चालन हुदै छ । युवाहरुको नेतृत्व विकास र सामाजिक कार्यमा सक्रिय बन्दै आएको यस संस्थाले १९ औं आधारण सभा एवम् १८ औं बार्षिक अधिवेशनका लागि परिरहेको छ ।
जेसि बर्ष २०२१ लाई निरन्तरता दिन अध्यक्ष पदका लागि ३ व्यक्तिहरुले उम्मेदवारी रहेको शुक्लागण्डकी जेसिस कार्यकारिणी उपाध्यक्ष क्षेत्र बा. थापा (क्षितिज) ले जानकारी दिनुभयो । उम्मेदवारीमा अहिले शिब बि.क, कृष्ण बहादुर श्रेष्ठ र रमेश भुजेल रहनुभएको छ ।
सुरुमा अध्यक्ष पदका लागि ५ जना व्यक्तिहरु उम्मेदवारीका रुपमा रहेका थिए । पछि २ जनाले उम्मेदवारीबाट नाम हाटएको बताउनुभयो । जसमा ईश्वर श्रेष्ठ र क्षेत्रबहादुर थापा (क्षितिज) रहनुभएको छ ।
करिब ३ बजे सम्म जेसिसको साधारण सभा हुने त्यस लगतै अधिवेशन सुरु हुने जेसिस कार्यकारिणी उपाध्यक्ष थापाले बताउनुभएको छ । अधिवेशनमा ३ जना उम्मेदवारले सहमतिमा नत्र निर्वाचन पद्धतिबाट अध्यक्षको चयने गरिने शुक्लागण्डकी जेसिस थापाले बताउनुभएको छ ।
हाल सम्म अध्यक्ष पदका लागि ३, कार्यकारी उपाध्यक्ष्ँको लागि ५ र उपाध्यक्षको लागि ३ जना व्यक्तिहरु उम्मेदवारीमा रहेका छन् ।
Discussion about this post