काठमाडौँ । बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल पुनः विवाह बन्धनमा बाँधिदै छन् । एक टेलिभिजन कार्यक्रममा उनले आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै नयाँ जीवन सुरु गर्न लागेको जनाएका छन् ।
बिहेको मिति भने तय भइसककेको छैन । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि गजुरेल छोरा छोरीसंगै बस्दै आएका थिए ।
करिब तीनवर्ष अगाडि मीना ढकालसँगको २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका मनोजले पुनः विवाह गर्ने तयारी गरेका हुन् । यद्यपी उनले को संग बिवाह हुँदैछ भन्ने समेत सिमित ब्यक्तिबाहेकलाई जानकारी दिएका छैनन् ।
उनी केही समय अघिमात्र कोरोना संक्रमणमुक्त भएका थिए ।
Discussion about this post