• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

म्याग्दे आलुमा आत्मनिर्भर

Lekhnath Khabar by Lekhnath Khabar
December 7, 2020
in कृषी, समाचार, समाज
0
प्रतिनिधिमूलक तस्बिर

प्रतिनिधिमूलक तस्बिर

0
SHARES
205
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/दुलेगौडा । तनहुँको म्याग्दे गाउँपालिका आलुमा आत्मनिर्भर बन्दै गएको छ । विगतका बर्षहरुमा बाहिरी जिल्ला तथा देशहरुबाट आयात गरिदै आएता पनि हाल गाउँपालिका आलुमा आफैमा आत्मनिर्भर बन्न थालेको हो । आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएसंगै गाउँपालिकाका किसानहरुले आलु खेतिलाई आम्दानीको स्रोतका रुपमा लिन थालेका छन् ।

गाउँपालिका भित्र रहेका सबै वडाहरुमा आलु उत्पादन राम्रो हुने गरेको गाउँपालिकाकी अध्यक्ष माया देवी राना आलेले जानकारी दिनुभयो । आलु उत्पादन राम्रो भए पनि गाउँपालिकामा “कोल्ड स्टोर” नहुँदा पोखरा लाने ल्याउने गर्नुपरेको बताउनुभयो । “हामीलाई कोल्ड स्टोरको समस्या छ ।” उहाँले भन्नुभयो ,“सानो तिनो रकमले नबन्दो रहेछ, प्रदेश सरकारसंग अपिल गरेका छौ ।”

आलुलाई पोखराको कोल्ड स्टोरमा लाने र ल्याउने भाडा तिर्दा आफुले उत्पादन आलु आफैले किनेर खाए जस्तो भएको अध्यक्ष रानाले बताउनुभयो । गाउँपालिकामा उत्पादित आलु गाउँपालिकाकै लागि खपत हुने र बढी भएका आलुलाई पोखरा लाने गरेको जानकारी दिनुभयो । २०७४ सालदेखी नै गाउँपालिकालाई आलुमा आत्मनिर्भर गाउँपालिकाको रुपमा स्थापित गरेको बताउनुभयो । सोही अनुसार कृषकहरुलाई बिउ, मल लगायत आलु उत्पादनका लागि आवश्यक पर्ने बस्तुहरुमा गाउँपालिकाले उपलब्ध गर्ने गरेको जानकारी दिनुभयो ।

यस बर्ष पनि गाउँपालिकाले आलु खेति गर्ने किसानहरुलाई अनुदान स्वरुप आलुका विउ बितरण गरिएको छ । गाउँपालिका भरी नै २० हजार ५ सय केजि निलो आलु (एम.एस–४२ नामक आलुको प्रजाति) बितरण गरिएको कृषि शाखा विज्ञ आरति ढुङ्गानाले जानकारी दिनुभयो । यस बर्ष गाउपालिकाले १ सय ५० टन आलु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिकाले अहिले करिब २५० रोपनि क्षेत्रफलमा आलु खेति गरेकोे छ । वडा–वडाहरुबाट आलुको माग टिपोट गरेर ल्याउने र सोही अनुरुप गाउपालिकाले वडामा उपल्ब्ध गराई दिने गरेको छ । जुन आलु वडाले किसानहरुलाई वितरण गर्ने गर्दछ । नगर र कृषकको ५०/५० प्रतिशत लगानिमा अनुदान स्वरुप आलुका विउ वितरण गरेको गाउपालिकाले जनाएको छ ।

गत बर्ष गाउँपालिकाले गाउँपालिकाले १ सय ८० रोपनि क्षेत्रफमा करिब सय टन बराबरको आलु उत्पादन गरिएको कृषि विज्ञ ढुङ्गगानाले बताउनुभयो । गत बर्ष उत्पादनमा तुसारो र पानीका कारणले खासै राम्रो उत्पादन नभएको उहाँले जानकारी दिनुभयो ।

Previous Post

विवाहको पुर्वसन्ध्यामा श्वेताको मन छुने स्टाटस : एक पटक पुछिएको सिउँदोमा सिन्दुर भर्ने आँट……..

Next Post

बरिष्ठ हाँस्यकलाकार गजुरेल पुनः विवाह बन्धनमा बाँधिने तयारीमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
बरिष्ठ हाँस्यकलाकार गजुरेल पुनः विवाह बन्धनमा बाँधिने  तयारीमा

बरिष्ठ हाँस्यकलाकार गजुरेल पुनः विवाह बन्धनमा बाँधिने तयारीमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?