बारा। फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपियाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका–३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् ।
फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपियाँ पठाउ नत्र अश्लिल तस्बिरहरु सामाजिक संजालमा राखिदिन्छु भनी विभिन्न डरत्रास देखाई उक्त रकम माग गरेको थियो ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२ बस्ने एक महिलाले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा सुनसरी ईटहरी उपमहानगरपालिका–६ ईटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
Discussion about this post