हरि खरेल/कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका ९ स्थित गौ संरक्षण क्षेत्रमा दुई टोलको संयुक्त आयोजनामा आवश्यक सामाग्रीहरु सहयोग गरेको छ । संरक्षण क्षेत्रमा गाईवस्तुका लागि आवश्यक पर्ने पराल र नुन अभाव संगै दुई टोलका सदस्यहरु मिलेर गौ संरक्षण क्षेत्रमा सहयोग गरेको शुक्लागण्डकी नगरपालिका ३ का वडा सदस्य विष्णु हरि गतौलाले जानकारी दिनुभयो ।
संरक्षण क्षेत्रमा रहेका गाईहरुको लागि खाद्यान्न राम्रो प्रबन्ध नहुदा कतिपय गाईहरुको अवस्था नरम्रो रहेको बताय । गौ संरक्ष क्षेत्रको अवस्था देखेपछि टोल विकासका सदस्यहरुले ६० भारी पराल र २ बोरा नुन प्रदान गरेको गतौलाले बताउनुभयो ।
शुक्लागण्डकी ३ स्थित टार टोल विकास संस्था र भुलभुले टोल विकास संस्थाको सदस्यहरुले आर्थिक रकम संकलन गरी उक्त सामान सहयोग गरेका हुन ।
उक्त कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष लोक नारायण श्रेष्ठ , गौ संरक्षण क्षेत्रकी अध्यक्ष एवम् वडा सदस्य गिता महत लगायत गौ संरक्ष क्षेत्रमा कार्यरत कर्मचारीहरुको माझमा उक्त सामान सहयोग गरेको वडा सदस्य गतौलाले जानकारी दिनुभयो ।
Discussion about this post