• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

तनहुँका सांसदहरुको आग्रह : विधि र प्रकृया नमिच्नुस् (आवाज सहित)

Lekhnath Khabar by Lekhnath Khabar
December 5, 2020
in राजनीति, समाचार
0
0
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

 दमौली । तनहुँबाट निर्वाचित भएका प्रतिनिधि र प्रदेश सभाका सांसदहरुले नेपाली काँग्रेसलाई विधि र प्रकृया नमिच्न आग्रह गरेका छन् । शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गरि प्रतिनिधि सभाका तीन, राष्ट्रिय सभाका एक र प्रदेशसभाका चार सदस्यहरुले लोकतन्त्रको मुल्य र मान्यतालाई सम्मान गर्न काँग्रेसका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

केही दिन अघि एक मोटरेबल पुलको उद्घाटनको विषयलाई लिएर जिल्लामा परिस्थिती असामान्य बनेपछि सांसदहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आफुहरुको धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष केदार सिग्देलले सङ्घीय सरकार मार्फत् निर्माण सम्पन्न भएको पुल सम्बन्धित मन्त्रालयलाई जानकारी नै नदिई उद्घाटन गर्नु गैरजिम्मेवारीपूर्ण कार्य भएको बताउनुभयो ।

https://lekhnathkhabar.com/wp-content/uploads/2020/12/kedar-sigdel-.mp3

निर्वाचनमा पराजित नेताहरुले योजना उद्घाटन गर्दै हिँड्ने र निर्वाचित जनप्रतिनिधिलाई जानकारी नदिने कार्यले लोकतन्त्रको खिल्ली उडाएको सिग्देलको भनाई थियो ।

सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको सम्पूर्ण विकास निर्माणको कामको जिम्मा नेकपाले लिने दावि गर्नुभयो । उहाँले आफुलाई विभिन्न आरोप लगाएर बदनाम गर्न खोजिएको भन्दै काँग्रेसका नेताहरुप्रति असन्तुष्टी ब्यक्त गर्नुभएको थियो । नेपाली काङ्ग्रेसका नेता प्रदिप पौडेलले स्रोत नखुलेको सम्पती भएको र ब्यापारी लगायत आरोप सहित सम्पती छानविन हुनपर्ने माग राखेको भन्दै आरोप प्रमाणित गर्न उहाँले चुनौती दिनुभयो ।

https://lekhnathkhabar.com/wp-content/uploads/2020/12/krishna-k-stha.mp3

आफ्नो निर्वाचन क्षेत्रमा भएको कार्यक्रम गलत प्रकृयाबाट भएको दावि गर्दै साँसद श्रेष्ठले राष्ट्रिय ब्यक्ति सहभागी हुनु निन्दनीय र दुःखद कार्य भएको बताउनुभयो ।

राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले जनताबाट निर्वाचित प्रतिनिधिलाई निषेध गरिनु गलत भएको बताउनुभयो । पत्रकार सम्मेलनमा सङ्घीय सांसद कलिला खान र गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धीको रक्षा गर्ने मुख्य अभिभारा सवैको भएको उल्लेख गर्नुभयो ।

 

Previous Post

दुर्लभ एकसिङ्गे गैंडा मर्ने र मार्ने क्रम बढ्दो

Next Post

दुई टोलको संयुक्त आयोजनामा गौ संरक्षण क्षेत्रमा सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
दुई टोलको संयुक्त आयोजनामा गौ संरक्षण क्षेत्रमा सहयोग

दुई टोलको संयुक्त आयोजनामा गौ संरक्षण क्षेत्रमा सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?