काठमाडौं । कोभिड–१९ लाई केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको थियो। उक्त महासभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गदै भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्याइएको थियो ।
ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो,“कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्छ ।”
प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताउनुभएको छ । अहिलेको संकटले पाठ सिकाएको बताउँदै ओलीले भन्नुभयो “ संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं ।”
Discussion about this post