हरि खरेल/दुलेगौडा । नेपालमा चित्रकोरी आफ्नो जीवन बेथित गर्ने चित्रकारहरुको बाहुल्यता कमै देख्न पाईन्छ । अझै भन्ने नै हो भने चित्र कोरेर भविष्य देख्ने मानिसहरु खासै रहेको पाईदैन । तर पनि तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बस्ने १८ बर्षीय सोनिका मल्लले भने चित्रकोरी आफ्नो जीवन निर्वाह गर्ने योजना बनाउनुभएको छ ।
सानै उमेरबाट चित्रकला क्षेत्रमा रुचि राख्ने मल्लले विगत २ बर्ष यता चित्रकला क्षेत्रलाई आफ्नो भविष्य देखेको बताउनुहुन्छ। सुरु–सुरुमा चित्र बनाउदा चित्र बनाउने बिषयमा कसरी बनाउने हो के गर्ने भन्ने केही थाह नभएको बताउनुभयो । बिस्तारै सामाजिक सञ्जालमा रहेका भिडियो हेरेर सिक्ने बाटो बनाउनुभएकी मल्ललाई मानिसहरुले आफ्नो पनि आकृति बनाईदिन अनुरोध गर्ने गरेको बताउनुभो ।
चित्रकलाको लागि बिशेष गरी सिक्ने क्षेत्र पनि नपाएको र मनिसहरुले चित्रकला क्षेत्रको महत्त्व नबुझेको हुदा यस क्षेत्रमा लागि पर्ने व्यक्तिको संख्या कम रहन गएको उँहाको बुझाई रहेको छ । उँहाले अहिले सिक्दै गरेको अवस्थामा पनि चिनेका र नचिनेका व्यक्तिहरुको समेत चित्र बनाईदिन आग्रह गर्ने गरेको बताउनुभयो । मानिसहरुको आग्रहलाई स्विकार गरी चित्र कोर्ने गर्दा धेरै नै साथ सर्पाेट गर्ने गरेको बताउनुभयो ।
आफुले क्रमस दक्षता हासिल गदै गएपछि चित्रकला क्षेत्रलाई नै व्यवसायिक रुपमा लाग्ने योजना रहेको मल्लले बताउनुभयो । आफुले खालि समयमा पनि चित्र कोर्ने कार्यमा लागिरहने गरेको जानकारी दिनुभयो । उहाले बिशेष गरेर मानिसका आकृति, वातावरण, र नया बिषय बस्तु अनुरुपका चित्रहरु कोर्ने गर्नुहुन्छ।
Discussion about this post