• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पक्की पुल हेर्दै झलुङ्गे पुलको यात्रा गर्नुपर्ने बाध्यता

Lekhnath Khabar by Lekhnath Khabar
December 4, 2020
in समाचार
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

अशोक विश्वकर्मा / तनहुँ । भिमाद नगरपालिका र शुक्लागडी नगरपालिकालाई जोड्ने गरि भागर दोभानमा मोटरेवल पुल बन्न सुरु भएको झण्डै ४ बर्ष भयो । अझै पनि पुल निर्माण पुरा हुन भने सकेको छैन । बर्षाै अघि देखि निर्माणाधिन रहेको पुल नबनेपछि नजिकै रहेको झुलुङ्गे पुलबाट नै मोटरसाइकल तार्नुुपर्ने बाध्यता सेती नदी पारिका बासिन्दाले भोग्दै आएका छन् ।

नदी वारपार गर्न मानिसका लागि मात्र उपयुक्त हुने झोलुङ्गे पुलबाट मोटर साइकल तार्नेहरुले नजिकै रहेको पक्की पुलबाट ओहोरदोहोर गर्ने सपना देखेका छन् । छिट्टै पक्की पुलबाट सवारी सहित वारपार गर्ने सपना देखेकाहरुको दैनिकी भने निर्माणधिन पक्की पुल हेर्दै झोलुङ्गे पुल तरेरनै वित्ने गरेको छ ।

त्यसो त यो पुलबाट मोटरसाइलक तार्नको लागि जो कोहीले हिम्मत नै राख्दैन् । मोटर साइकल कुदाउँदा हल्लने पुल, तल देखिने नदीको रह र पारि भित्ताको अफ्ट्यारो घुम्ती यहाँ दैनिक हुने दुर्घटनाको कारण हो । पुल नजिकै घर भएका दिपक आले पुलको यात्रा गर्ने सवारी धनिको उद्दारमा सयौँ पटक खटिनुभएको छ । “रातको बेलामा एक्लै हुन्छन्, सहयोगका लागि आउने कोही नभएपछि बोलाछन् जादै प¥यो”आलेले भन्नुभयो “अर्काे पुलि बने त आनन्दै हुन्थ्यो ।”

भिमाद नगरपालिका ८ भागरका लोकबहादुर रानाले यही पुलबाट मोटर साइकल चढेर वारपार गरेको बर्षाै भयो । उहाँपनि उहि पक्कि पुल कहिले बन्छ होला भन्दै र त्यही झोलुङ्गे पुल तर्ने मध्येका एक हुनुहुन्छ । “अरु बेला त ठिकै हो पुलमा मानिसको ओहोर दोहोर र सिमसिमे पानी आएको बेला साह्रै गाह्रो हुन्छ, रुवाउनु रुवाउछ चिप्लो भएर ।”उहाँले भन्नुभयो । “पुल कहिले बन्छ भनेर अस्ति सोध्न पनि गएँ, एक—दुई जनाले मात्र अलि अलि काम गरेको छ, यस्तो पाराले कहाँ पुल बन्छ ?, हामी जनताको आँखामा धुलो हालिराको छ काम गरेको छ है भन्ने त भाको छ ।”
पटक पटक झोलुङ्गे पुलमा मोटर साइकल पल्टने समस्याको साँच्ची हुनुहुन्छ, भागरकै स्थानीय बृद्ध विष्णुबहादुर आले(काइला बाजे) । दिनभर पुलमा नजिकै हुने बृद्धहरुको भेलाले दैनिकजस्तो दुर्घटनाको दृश्य देख्नु सामान्य भईसकेको छ । “हिजो पनि एक जना लड्यो, यहाँका दिनदिन लड्छन् ।” आलेले भन्नुभयो ।

यता सडक डिभिजन कार्यालय दमौलीका सुचना अधिकारी ईन्जिनियर सचिन श्रेष्ठले पुलको काममा निर्माण कार्य ढिलाई भएको बताउनुभयो । “हामीले पटक पटक भनेका छौँ, तर पनि कामको गति भने सुस्त भएकै हो ।” श्रेष्ठले भन्नुभयो । उहाँले पुलको लागि आवश्यक पर्ने ४ फाउण्डेशन मध्ये तीन वटा फाउण्डेशन निर्माण भएको र अव एउटा फाउण्डेशन निर्माणका लागि काम अघि बढेको जनाउनुभयो ।

आगामी बर्षको चैत १५ गतेसम्म निर्माण सम्झौता गर्ने सहमति भएता पनि एक आर्थिक बर्ष समय थप गर्ने पाउने प्रावधानका कारण २०७७ फागुन मसान्तसम्ममा पुल निर्माण हुने इन्जिनियर श्रेष्ठले जनाउनुभयो । उनले भिमाद र शुक्लागण्डकी जोड्ने दोभानको पुल सहित जिल्लामा ९ वटा पुल निर्माणाधिन रहेको समेत जानकारी दिनुभएको छ ।

एडभेन्चर कन्ट्रक्सनलाई ८ करोड ८० लाख ५० हजार ८ सय ८३ रुपैयामा निर्माण गर्ने सम्झौता भएता पनि पछि लागत संशोधन गरि पुल निर्माणका लागि १० करोड १ लाख ५० हजार ५ सय ९३ रुपैयाँ पुगेको छ । पुल १ सय ५ मिटर लामो रहेको छ ।

 

Previous Post

कोभिड–१९ को खोप विश्वभरी सबैको पहुँचमा हुनुपर्ने ओलीको भनाई

Next Post

काँग्रेस पदाधिकारीको बैठकः प्रमुख एजेण्डा बुल्दिखोलाको पुल उद्घाटन प्रकरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई
समाचार

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस
समाचार

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Next Post
काँग्रेस पदाधिकारीको बैठकः प्रमुख एजेण्डा बुल्दिखोलाको पुल उद्घाटन प्रकरण

काँग्रेस पदाधिकारीको बैठकः प्रमुख एजेण्डा बुल्दिखोलाको पुल उद्घाटन प्रकरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?