• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

काँग्रेस पदाधिकारीको बैठकः प्रमुख एजेण्डा बुल्दिखोलाको पुल उद्घाटन प्रकरण

Lekhnath Khabar by Lekhnath Khabar
December 4, 2020
in राजनीति
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको छ। पुल उद्घाटन विषयमा विवाद हुँदा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले धरपकड गरेकोबारे छलफल गर्न देउवाले आज पदाधिकारी बैठक डाकेका पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ।

‘बैठक २ बजे बस्ने तय भएको छ, सभापतिज्यूले वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी सबैलाई बैठकमा आउन भन्नुभएको छ,’ पौडेलले भने, ‘रामचन्द्र दाइ पनि आजै तनहुँबाट काठमाडौं आउने कार्यक्रम छ, बैठकमा तनहुँमा प्रशासनले गरेको ज्यादतीबारे गम्भीर छलफल हुनेछ, कांग्रेसले सरकारको रवैयाबारे नयाँ रणनीति बनाउनेछ।’

तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न पुगेको पौडेललाई नेकपाका कार्यकर्ताले बुधबार अवरोध गरेका थिए। कांग्रेस र नेकपा कार्यकर्ताको विवादले उग्ररूप लिन लागेको भन्दै प्रशासनले निषेधाज्ञा नै जारी गरेको थियो। निषेधाज्ञाबीच पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टा हिरासतमा राखेको थियो।

बुल्दी खोला पुल निर्माण सम्पन्न भएको २ वर्षपछि बिहीबार उनै पौडेलले उद्घाटन गरे। नेकपा र कांग्रेसबीच कसले उद्घाटन गर्ने भन्नेबारे विवाद हुँदा निर्माण सम्पन्न भइसक्दा पनि यो पुल उद्घाटन गरिएको थिएन।

बिहीबार तनहुँमा कांग्रेसले शक्ति प्रदर्शन गरी पौडेलबाटै पुल उद्घाटन गरायो। उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु कांग्रेस केन्द्रीय सदस्यहरू शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराईलगायत प्रदेशका संसदीय दलका नेता अन्य प्रदेशसभा सदस्य तथा नेता कार्यकर्ताको सहभागिता थियो।

Previous Post

पक्की पुल हेर्दै झलुङ्गे पुलको यात्रा गर्नुपर्ने बाध्यता

Next Post

बन्द चलचित्र भवनहरु अझै खुल्न सकेन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी
राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
राजनीति

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल
राजनीति

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी
राजनीति

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई
राजनीति

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई

Next Post
बन्द चलचित्र भवनहरु अझै खुल्न सकेन

बन्द चलचित्र भवनहरु अझै खुल्न सकेन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?