• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

नेकपा सचिवालय बैठक आज, ओली र प्रचण्ड एकअर्कालाई पेलेर अघि बढ्ने रणनितिमा

Lekhnath Khabar by Lekhnath Khabar
December 1, 2020
in राजनीति, हेडलाईन
0
0
SHARES
181
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौँ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिलय बैठक आज बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा ओली र प्रचण्डका प्रस्वेतावमा छलफल हुनेछ । यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले धारणा राख्नेछन् । तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको छ ।

आफूविरूद्ध लागेको लाञ्छनामा दाहालले माफी मागेर साझा प्रस्ताव ल्याउनु पर्ने अडानसहित ओली समूह प्रस्तुत हुँदैछ । अन्यथा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णभन्दा टसमस हुन नपाइने गरी ओली पक्षले दबाब दिने तयारी गरेको स्रोतले जनाएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्य रहेको दाहाल(नेपाल समूहले ओलीको कार्यशैलीका कारण पटकपटक समस्या आएको भन्दै बहुमतबाट निर्णय गरेर अघि बढ्ने रणनीति बनाएको छ । यसका लागि सो समूहको नेताहरूले माधव नेपालको निवास कोटेश्वरमा सोमबार बिहान छलफल गरेका थिए ।

उक्त छलफलले दुई अध्यक्षका अहिलेका अलगअलग प्रस्तावलाई साझा बनाउने गरीको पहल गर्ने तर सहमति नबने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लगेर निर्णय गराउने तयारी भएको स्रोतको दाबी छ । त्यसअघि गत शनिबार बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिकता पाएका छन्।

त्यसअघि कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए। अध्यक्षद्वयबीच मतभेद बढेपछि बैठक माग गर्दै पाँच सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र ‘पत्र युद्ध’ सुरू भएको थियो ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ । दाहालले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीले आरोप लगाएका छन् भने दाहालले पनि ओलीलाई पार्टी विभाजनको ‘नाइके’को संज्ञा दिइ सकेका छन् ।

Tags: चर्चाको राजनीति
Previous Post

जिल्लामा उत्कृष्ट कारोबार गर्ने रोयल सहकारी पुरस्कृत

Next Post

तनहुँको ६ स्थानीय तहमा अस्पताल बन्ने, पाँच अस्पतालको शिलान्यास सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी
राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
राजनीति

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल
राजनीति

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी
राजनीति

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

Next Post
तनहुँको ६ स्थानीय तहमा अस्पताल बन्ने, पाँच अस्पतालको शिलान्यास सम्पन्न

तनहुँको ६ स्थानीय तहमा अस्पताल बन्ने, पाँच अस्पतालको शिलान्यास सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?