दुलेगौडा । तनहुँमा उत्कृष्ट कारोबार गरेको रोयल सहकारी सस्था दुलेगौडालाई राष्ट्रिय सहकारी बैक तनहुँले पुरस्कृत गरेको छ । रोयलसँगै जिल्लामा नियमित कारोबारका आधारमा ब्यास नगरपालिकाको साहारा कृषी सहकारी पुरस्कृत भएको हो ।
आर्थिक बर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्न सफल रोयललाई बैकले एक कार्यक्रमका विच आइतबार दमौलीमा पुरस्कृत गरेको थियो ।कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयमा सहकारीहरुलाई ढिला पुरस्कृत गरिएको सहकारी बैकले जनाएको छ ।
आईतबार सम्पन्न कार्यक्रममा रोयल सहकारीका कोषाध्यक्ष राजकुमार वाग्ले र सहारा कृषि सहकारीका अध्यक्ष कृष्ण आचार्यलाई ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र राष्ट्रिय सहकारी बैकका सञ्चालक समेत रहेका गण्डकी प्रदेश संयोजक रामबहादुर जिसिले संयुक्त रुपमा सम्मानपत्र सहित पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा ब्यास नपाका मेयर न्यौपानेले सहकारी मार्फत सस्था र सदस्यहरुको आर्थिक अवस्था सुधारका लागि सहकारी बैकले प्रभावकारि कदम चाल्न आवश्यक रहेको बताउनुभयो । यस्तै प्रदेश संयोजक जिसिले सहकारीले समाजको विकासका लागि सक्रिय रहेको जानकारी दिनुभयो ।
Discussion about this post