दमौली । तनहुँको प्रसिद्ध धार्मिक स्थल छाब्दी वाराही मन्दिर दर्शन तथा पुजा आराधनका लागि नवलपरासीबाट तिर्थयात्री लिएर आएको बस दुर्घटना भएको छ ।
सोमबार विहान ७ बजे ब्यास नगरपालिका १ अम्रेनीमा ग १ ख ४९०६ नम्बरको बस दुर्घटना भएको हो । सडकबाट तल खसेर दुर्घटना हुदाँ वसमा सवार दश यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
३७ जना यात्रु बोकेर मन्दिर तर्फ आउदै गरेको बस दुर्घटना हुदाँ घाइते भएकाहरु सवैका दमौली स्थित रत्नहरि अस्पतालमा उपचार गराइएको छ ।
जिप्रका तनहुँका प्रहरि निरिक्षक शिवराज क्षत्रीका अनुसार घाईते १० जनाकै अवस्था सामान्य रहेको छ । दुर्घटनाग्रस्त बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Discussion about this post