• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

जमुनाले मनाइन् गौ संरक्षण केन्द्रमा जन्मदिन

Lekhnath Khabar by Lekhnath Khabar
November 29, 2020
in समाचार
0
गाईसँग जन्मदिन मनाउन गौमाता संरक्षण केन्द्रमा पुग्नु भएकी जमुना जोशी । सेतो कोट रातो सुईटरमा

गाईसँग जन्मदिन मनाउन गौमाता संरक्षण केन्द्रमा पुग्नु भएकी जमुना जोशी । सेतो कोट रातो सुईटरमा

0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

दमौली । फरक फरक तरिकाबाट जन्मोत्सव मनाउनेहरु बढ्न थालेका छन् । केही समय अघिसम्म पारिवारि वा साथिभाईको जमघट गरेर मनाइने जन्मदिन पछिल्लो समय सामाजिक काम गरेर मनाउने प्रचलनको सुरुवात भएको छ । दीन दुखी, विरामी, सामाजिक सस्थामा पुगेर जन्मदिन मनाउनेहरु बढी रहदाँ दमौलीकी जमुना जोशीले गौमाता संरक्षण केन्द्रमा सहयोग गरेर जन्मदिन मनाएकी छन् ।

एलायन्स क्लब अफ तनहुँकी अध्यक्ष समेत रहेकी जोशीले शनिबार तनहुँको व्यास नगरपालिका–१० दुम्सी, शिसुवामा रहेको गौमाता संरक्षण केन्द्रका गएर जन्मदिन मनाएकी हुन् । उनले जन्मदिनमा हुने फजुल खर्च कटाएर गाईलाई शनिबार दाना खुवाउँदै जन्मदिन मनाउनुभयो । जमुना जस्तै केन्द्रमा पुगेर गाईलाई दाना खुवाएर मनाउनेहरु बढेपछि गाईको पालनपोषणमा मद्धत पुगेको छ । पहिला महिनामा एक जना आउने गरेकोमा हाल दुई देखि तीन जना आउन थालेको केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो ।

सामाजिक काम प्रति इच्छा भएको र गाई भगवानको रुप भएकोले जन्मदिन मनाउन संरक्षण केन्द्रमा आएको जानाकारी जमुनाले दिनुभयो । क्लबका टोली सहित ४ बोरा दाना र एक बोरा नुन बोकेर पुग्नु भएकी जोशी गाईसँग जन्मदिन मनाउन पाउँदा आनन्दित हुनु भएको थियो । ‘ बेलैमा ध्यान नदिने हो भने रैथाने गाई लोप भएर जाने अवस्था छ समाजमा सकरात्मक सन्देश पनि जाने भएकोले गाईको साथमा जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको छ’ जमुनाले भन्नुभयो ।

फजुल खर्च गर्नु भन्दा गाईलाई दाना खुवाउन उचित लागेर आफ्नो छोराको जन्मदिन केन्द्रमा गएर मनाएको लोक तथा दोहोरी गायक रमाकान्त ढुङ्गानाले बताउनुभयो । केही दिन पहिला गाईसँग छोराको जन्मदिन मनाउनु भएका गायक ढुङ्गाना केन्द्रमा पुग्नु भएको थियो । छोरा खुसी भएकाले आगामी वर्ष पनि त्यसरी मनाउने सोचाई रहेको जानकारी दिनुभयो । ‘धर्म, सस्कृति प्रति रुचि बढ्नुका साथै समाजिक भावाना विकास गर्न मद्धत पु¥याउन गौमातालाई दाना, घाँस खुवाएर मनाएको हुँ ’ गायक ढुङ्गानाले भन्नुभयो ।

धेरै गाई भएकोले पाल्नको लागि कठिन भईरहेको र जन्मदिन मनाउन आउनेहरुले दाना खुवाउने गरेकोले केही राहत मिलेको गौमाता केन्द्रका अध्यक्ष प सापकोटाले जानकारी दिनुभयो । यो वर्ष जन्मदिन मनाउनेहरुबाट ४५ बोरा दाना र पाँच बोरा नुन प्राप्त भएको उहाँले बताउनुभयो । सापकोटका अनुसार हाल सुख्यायाम भएकोले घाँसको अभावले पाल्न कठिन भएको छ ।

खर्च अभावले जति गाईको सम्भार गर्नु पर्ने हो त्यही गर्न सकिएको छैन ’ सापकोटाले भन्नुभयो । गत वर्ष व्यास नगरपालिकाले पराल खरीद गर्नको लागि दुई लाख रुपियाँ दिएको र यस वर्ष एक लाख रुपियाँ प्राप्त भईसकेको जानकारी उहाँले दिनुभयो । ‘राम्रोसँग खुवाउने हो भने दैनिक २० भारी पराल चाहिन्छ दाना र घाँस समेत गरेर वार्षिक रुपमा २० लाख खर्च हुन्छ ’अध्यक्ष सापकोटाले भन्नुभयो । दुई वर्ष अघि उक्त स्थानमा केन्द्र सञ्चालनमा ल्याईएको हो ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको ५ लाख रुपियाँको आर्थिक सहयोगमा गाईको आवासको लागि टहरो निर्माण गरिएको छ । व्यास नगरपालिकाले केन्द्रको लागि १२ लाख रुपियाँ सहयोग गरेको तारबार गरिएको वडा अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । केन्द्रमा हाल ४५ वटा गाई रहेका छन् । तस्विरहरु सामेल छ ।

 

 

Previous Post

रहेनन् खिमनारायण मल्ल

Next Post

तिर्थयात्री बोकेको बस दुर्घटना, १० घाइते

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
तिर्थयात्री बोकेको बस दुर्घटना, १० घाइते

तिर्थयात्री बोकेको बस दुर्घटना, १० घाइते

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?