दुलेगौडा । दुलेगौडाका समाजसेवि खिमनारायण मल्लको निधन भएको छ । अरिदेव नेवा पुच सेवा कोष दुलेगौडा र भिमसेन टोल विकास सस्थाको अध्यक्षसमेत रहेका मल्लको आइतबार निधन भएको छ ।
केही अघि सामान्य ज्वरो आएपछि अस्पताल भर्ना हुनुभएका मल्लको श्वासप्रश्वासमा समेत समस्या देखापरेको पारिवारिक स्रोतले जनाएको छ । उहाँको कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले पिसिआर जाँचका लागि स्वास संकलन गरिएको छ । ६३ बर्षको उमेरमा निधन भएका मल्लको पिसिआर परिक्षण भएता पनि नतिजा नआउदै परम्परागत रुपमा अत्येष्टी गरिएको छ ।
उहाँको नजिकको स्रोतले जनाए अनुसार अन्येष्टीका लागि परिवारको सिमित ब्यक्तिले मात्र पार्थिव शरिर छोएर अन्तिम सस्कार गरेका छन् । मल्लको आइतबार नै दुलेगौडा स्थित कमला शवदहन स्थलमा अत्येष्टि गरिएको छ । उहाँको एक छोरा र दुई छोरी रहेका छन् ।
Discussion about this post