दुलेगौडा । शुक्लागण्डकी नगरपालिका ११ स्थित विसौनामा सरकारले १५ शैयाको अस्पताला निर्माण गर्ने भएको छ । सरकारले देशका प्रत्येक स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेसँगै यहाँ अस्पताल बन्ने भएको हो ।
विसौनामा बन्ने अस्पतालको आइतबार(भोली) संघीय शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
वडा न ११ का वडाध्यक्ष दलबहादुर थापाले दिउँसो १२ बजे मन्त्री आउने भएकाले कार्यक्रमको तयारी पुरा भएको जानकारी दिनुभयो । उहाँले अस्पताल निर्माणका लागि केन्द्र सरकार मार्फत १८ करोड बजेट समेत प्राप्त भएको बताउनुभयो ।
वडाध्यक्ष थापाका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ती र बजेट केन्द्रले ब्यवस्थापन गर्ने छ ।
यहाँ अस्पताल निर्माण भएपश्चात नगरपालिकाको राईपुर क्षेत्रका ग्रामिण बस्ती सहित स्याङ्जाको पुतलीबजार नगरपालिकाको कोल्मा, ओरस्ठे, हरिनाँस गाउँपालिकाको सालडाँडा लगायतका स्थानीयले पायक पर्ने स्थानबाट सेवा लिन सक्नेछन् ।
स्वास्थ्य सेवा लिनका लागि दुलेगौडा, पोखरा जानुपर्ने बाध्यतालाई हट्ने स्थानीयहरुले विस्वास लिएका छन् ।
Discussion about this post