काठमाडौँ । पार्टी भित्रको चर्काे दवावपछि प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपि शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गर्नुभएको छ । सत्तारूढ नेकपाका बहुमत सचिवालय सदस्यको दबाब परेपछि ओलीले आज शुक्रबार सचिवालय बैठक आह्वान गर्नुभएको हो ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको दबाबपछि ओलीले आज अपराह्न ४ बजे बैठक डाक्नुभएको हो । महासचिव विष्णु पौडेलका अनुसार दुई अध्यक्षको सहमतिमा शुक्रबार अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।
पार्टीभित्र विवाद चर्किएपछि सबै समस्या सामूहिक छलफलबाट टुंग्याउने भन्दै दाहालले ओलीलाई बैठकको प्रस्ताव गर्दै आउनुभएको थियो । तर, सहमतिपछि मात्रै बैठक राख्ने नत्र पार्टी नै फुटाउनेसम्मको चेतावनी ओलीले दिएपछि बहुमत सचिवालय सदस्यहरुले बैठकको माग गरेका थिए ।
एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल(नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।
सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल(नेपाल पक्षको आरोप छ ।
तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स(साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।
विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल(नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।
Discussion about this post