दुलेगौडा ।।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा),शुक्लागण्डकी शुक्लागण्डकी नगर कमिटिले नेतृत्वलाई मिल्नपर्ने दबाब सहितको ज्ञापन पत्र जारी गरेको छ । मंगलबार नगर कमिटीले एक कार्यक्रम बिच केन्द्र, प्रदेश र जिल्लाका नेकपालाई मिल्नुपर्ने दबाब सहित समृद्ध नेपाल सुखी नेपाली नारालाई आत्मसाथ गराउन उक्त ज्ञापन पत्र जारी गरेको हो ।
नेपालका सबै कम्युनिष्ट पार्टीलाई एकिकृत गरी एउटै कम्युनिष्ट केन्द्र बनाउने उदेश्यका साथ ठुला दुई पार्टीबिच एकता भएको नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश संसद आशा कोईरालाले बताउनुभयो । एकताको प्रकृया तल्लो तहसम्म टुंगिन नपाउदैँ विभाजन हुने वातावरण देखिएको छ’, उहाले भन्नुभयो , ‘कम्युनिष्टहरु फुटतिर होईन एकतातिर जानुपर्छ र समग्र विश्वकै नेतृत्व लिन पर्छ ।’
नेपाल कम्युनिष्ट पार्टी फुट र विभादमा मात्रैमा सिमित रहने पार्टीको रुपमा परिचित नगराउन आग्रह सहितको ज्ञापन पत्र जारी गर्नु उपयुक्त हुने नेकपा प्रदेश सदस्य दुर्गाप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा आशा कोईरालामार्फत केन्द्रमा र जिल्लामा ज्ञापन पत्र बुझाउने, दुर्गाप्रशाद पराजुलिले प्रदेशमा ज्ञापन पत्र बझाउने भएका छन् । उक्त कार्यक्रम मार्फत तिनै तहका नेकपाको ध्यानकेन्द्रत गर्न प्रयास गरीएको छ ।
केन्द्रको विवादले स्थननिय तहमा रहेका नेकपाहरुलाई समस्यामा नल्याउन नेकपा शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्तिप्रसाद तिम्सेनाले जानकारी दिनुभयो । केन्द्रमा रहेको विवादले आफुहरु नछुट्ने हुदा नेतृत्व तह मिल्नुपर्नेमा जोड दिनुभयो ।
Discussion about this post