कार्तिक,२१
मध्य अमेरिकी मुलुक ग्वाटेमालामा आएको शक्तिशाली समुद्री आँधीपछि भारी वर्षाको कारण गएको पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमध्ये आधा मानिसको मृत्यु एक सहरमा भएको ग्वाटेमालाका राष्ट्रपतिले बताएका छन् । जहाँ पहिरोमा परी २० घर पुरिए छ । एटा नामक यो समुद्री आँधीको कारण छिमेकी मुलुक निकारागुआमा पनि पहिरो गएको थियो । ग्वाटेमालामा राष्ट्रपतिले यसविषयमा जानकारी दिँदै बिहीबार ग्वाटेमालामा समग्र एक महिनामा पनि नहुने वर्षा केवल एक दिनमा नै भएको बताएका छन् ।
निरन्तर वर्षा भइरहेकाले उद्धारकर्मीहरु पनि प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन् । राष्ट्रपतिले प्रभावित क्षेत्रमा अब पैदलकै माध्यमबाट भए पनि उद्धारकर्मी पठाउने तयारी भइरहेको बताएका छन् ।
एटा समुद्री आँधी सबैभन्दा पहिला निकारागुआमा आएको थियो । यो समुद्री आँधीको कारण अहिलेसम्म मध्य अमेरिकी क्षेत्रमा ७० भन्दा धेरैको मृत्यु भइसकेको छ । अहिले यो समुद्री आँधी क्युवा र फ्लोरिडातर्फ अघि बढिरहेको छ ।
Discussion about this post