तनहुँ खबर संबादाता
कार्तिक २१, दुलेगौडा
तनहुँमा शुक्रबार मात्र २७ जना कोरोना संक्रमीत विरामी थपिएका छन् । संक्रमीत विरामीहरु व्यास नगरपालिकामा १९, भानु नगरपालिकामा ३, भिमाद नगरपालिकामा १, घिरिङ गाउपालिकामा १ र स्थानिय तह र वडा नखुलेको ३ गरी २७ कोरोना संक्रमीत विरामी थप भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालय पोखराका निर्देशक डां विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
व्यास नगरपालिका वडा नं. १ का ३० र ३४ बर्षीय दुई जना पुरुष, वडा नं. २ मा ४८, ३४ बर्षीय दुई महिला साथै २८, २७, २९ बर्षीय ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतमा उल्लेख भएको छ । त्यस्तै वडा नं. ४ मा ३४ बर्षीय पुरुष, वडा नं. ५ मा ५६, २१, १७, ३३ बर्षीय चार महिला र २५, ५८, २४, २०, १७ बर्षीय पाँच पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । साथै पडा नं.९ मा २४ र वडा नं. ११ मा ४५ बर्षीय पुरुषहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
त्यस्तै भिमाद नगरपालिका वडा नं. १० मा बस्ने ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । साथै भानु नगरपालिका वडा नं. ७ का ३७ बर्षीय एक महिला र सोही वडाका १०, ३९ बर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गरी घिरिङ गाउपालिका वडा नं. ५ का २८ बर्षीय पुरुषका कोरोना पुष्टि भएको छ । यसै गरी गाउपालिका र वडा नखुलेका संक्रमीतमा ४२ बर्षीय महिला र ४०, २३ बर्षीय दुई पुरुषमा समेत कोरोना ंक्रमण पुष्टि भएको २ मा बस्ने ४०,२७ र २५ बर्षीय तिन पुरुषमा कोरोना संक्रमण भएको शर्माले जानकारी दिनुभयो । यसै गरी सोही नगरापालिका वडा नं. ७ का ५२ बर्षीय महिला सहित वडा नखुलेको ४६ र २३ बर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
Discussion about this post