दमौली। तनहुँको दमौलीमा शनिबार जमुना जोशी श्रेष्ठको अध्यक्षतामा एलायन्स क्लब अफ तनहुँ गठन गरिएको छ । कम खर्च, धेरै सेवा भन्ने भावाना बोकोको यो अन्तराष्ट्रिय सामाजिक संस्था तनहुँमा पहिलो पटक गठन गरिएको हो ।
नव गठित क्लवको उपाध्यक्षमा शैलेश खाती क्षेत्री, सचिवमा सुदीप पौडेल, सहसचिवमा रोशन शर्मा, कोषाध्यक्षमा विनय राउत, सह कोषाध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा समुन्द्र पौडेल, सरिता श्रेष्ठ, महेश वाग्ले, रमेश नेपाली, मुना न्यौपाने, मिलेन्द्रलाल श्रेष्ठ, विशाल कुमार, अनमोल प्रधान, सागर गिरी, अशोक श्रेष्ठ रहेका छन् ।
सेवा र सुरक्षाको नाराको साथ संगठित रुपमा परिचालित गराउदै लाने उद्देश्यले स्थापना गरिएको सचिव पौडेलले बताए । विश्वका २२ भन्दा बढि देशमा क्लब विस्तार भएको र नेपालको ४० जिल्लामा गठन भईसकेको अध्यक्ष श्रेष्ठ बताइन् ।
Discussion about this post