दुलेगौडा । तनहुँको दुई छुट्टाछ्ट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । शनिबार बन्दिरपुर १ नालामा डुम्रेबाट दमौली तर्फ जादै गरेको जीपले विपरित दिशा तर्फ आउदै गरेको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार दुई जना घाइते भएका छन् ।
ग १ ज ५८१६ नम्वरको जीपले ग १५ प ६६०० नम्वरको स्कुटरलाई ठक्कर दिएको प्रदेश प्रहरीको कार्यालय पोखराले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटरका चालक लमजुङ्ग दोर्दी गाउँपालिका १० सुवास घले र पछाडी बसेका आयुस गुरुङ्ग घाईते भएका भएका छन् ।
सामान्य चोट लागेको घाईते दुवै जनालाई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे लगिएको प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
यस्तै शनिबार नै म्याग्दे गाउँपालिका ६ सेराफाँटमा ट्रक र मोटरसाइक आपसमा ठोक्एिका छन् । दमौलीबाट पोखरा तर्फ आउदै गरेको बा ३ ख ५८५३ को ट्रकले वितरित दिशा तर्फ जादै गरेको लु १६ प ३३३१ को मोटर साइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडी सवार रहेकी नवलपरासी पुर्वकी २१ बर्षीय समिक्षा वाग्ले सामान्य घाइते भएकी छन् । उनको जिपि कोईराला राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्रमा उपचार गरिएको छ ।
दुवै दुर्घटनाका सवारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post