तनहुँ खबर संवादाता
कार्तिक,२१ दमैली
केही समय पहिले माक्स नलगाउने, भिडभाड गर्ने, कोरोना भाइरस सुरक्षाको मापदण्ड उल्लङ्घन गर्नेहरुलाई प्रहरीले कारबाही गरेको थियो । तर अहिले भने नमस्कार गदै जनचेतनामा साथै माक्स वितरण कार्य गरीरहेको छ । ‘मास्क लगाऔं, परपर बसी कोरोना भगाऔं’ भन्ने नाराका साथ संक्रमण न्युनिकरण गर्नका लागि नयाँ तरिका अपनाउन थालेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।
सार्वजनिक एवं निजी सवारीमा यात्रा गर्ने यात्रु तथा यातयात व्यवसायी, चालक, सहचालकहरुलाई मध्यनजर गदै जनचेतना सहित माक्स वितरण कार्य थालनि गरेको हो । ‘संक्रमण दिन प्रतिदिन बढीरहेको छ हेलचेक्राइँ गर्दा एक जनाले गर्दा सबैलाई संक्रमण हुने जोखिम हुन्छ । सुरक्षाका मापदण्ड अपनाउन अभियान सञ्चालन गरेका हौं ।’ प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।
अभियानलाई सार्थक तुल्याउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा यातयात व्यवसायीले संयुत्त रुपमा लागि परेका छन् । अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी सागर आचार्य, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्ष (एसपी) अरुण पौडेल नै सहभागी भएर जनचेतना फैलाउन थाल्नुभएको छ । मास्क नलाउनेलाई दिने, यात्रा गर्दा धेरै नजिक नजिक नबस्ने, सेनिटाईजरको प्रयोग गर्ने लगायत सुरक्षाका मापदण्ड अपानउन आग्रह गरेका छन् ।
यस अघि मास्क नलगाउनेलाई एक सय जारिवाना गरिएकोमा हाल अभियानमा जरिवाना नगरी सचेत मात्रै पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी पौडेले जानकारी दिनुभयो । एक हजार पाँचसय भन्दा बढीलाई जरिवाना गरिएकोमा हाल चेतनामात्रै पैmल्याउने उद्धेश्यले अभियानमा जरिवाना नगरिएको उहाँले बताउनुभयो । ‘सडक आएर प्रत्यक्ष रुपमा सचेत पार्दा कोरोना सर्ने जोखिम भए पनि महामारी नियन्त्रणमा टेवा पुृ¥याउन मद्दत पुग्ने विश्वास खटिएका हौं ।’ एसपी पौडेलले भन्नुभयो ।
Discussion about this post