कार्तिक,२१ दुलेगौडा ।। शुक्लागण्डकी नागरीक समाजका कोषध्यक्ष जित बहादुर थापको ६६ बर्षको उमेरमा निधन भएको छ । शुक्लागण्डकी नगरपालिका–५,चिल्लेचौर निवासी थापा लामो समयदेखी उच्च रक्तचापका बिरामी थिए । शुक्रबार विहानीको समयमा थापालाई श्वास प्र्रश्वासमा समस्या आएको उनको पारिवारिक श्रोतले जनाएको छ ।
श्वास प्रश्वासमा समस्या देखीएपछि घर नजिकै रहेका भान्जा(ज्वाई) शम्भु रानाले तत्कालै गाडीमा राखेर अस्पताल पु¥याएका थिए । तर अस्पताल पुग्नु भन्दा अघि नै थापाको निधन भईसकेको थियो । “ब्राइटचोक पुग्नै लाग्दा गाडीमा एकपटक ऐया भन्नुभएको थियो, त्यसपछि बेहोस हुनुभयो, गाडीमा राखेर हिडेको करिब १ मिनेटभित्रै उहाँ रहनु भएन ।” ज्वाई रानाले जानकारी दिनुभयो ।
थापाको आजै शुक्लागण्डकी–४ स्थित कमलाघाट पुलचोकमा दाहसंस्कार गरिने भएको छ । नेपाल सरकारको कर्मचारीबाट निवृत्त थापा विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल थिए ।
Discussion about this post