• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

लकडाउनलाई अवसरमा बदलेका दम्पती

Lekhnath Khabar by Lekhnath Khabar
November 4, 2020
in कृषी, समाचार
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

अमरराज नहर्की, दमौली ।  कोरोना महामारीका कारण यातायात ब्यवसाय धरासायी बन्न थालेपछि टर्की पालनमा लागेको तनहुँका कृष्णप्रसाद पौडेलले राम्रो आम्दानी लिन सफल हुनुभएको छ ।

जिल्लाको ब्यास नगरपालिका ११ पोल्याङका पौडेल लकडाउन हुनुअघि यातायात ब्यवसायी रहेका थिए । गत चैत्र दोस्रो साताबाट भएको लकडाउनका कारण आम्दानी रोकिएपछि सुरु भएको टर्की पालनले अहिले ब्यवसायिक रुप लिन थालेको छ ।

व्यासभूमी यातायात व्यावसायी समितिमा सञ्चालक समितिको सदस्य रहनु भएका पौडेललाई उहाँकी श्रीमती शोभा र दुई सन्तानले टर्की पालनमा सहयोग गर्दै आएका छन् ।

५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि टर्की पालनलाई ब्यवसायिक बनाउने सोच पलाएको पौडेलले बताउनुभयो ।
टर्की पालन व्यवसाय सजिलो हुनुका साथै राम्रो र छिटो आम्दानी लिन सकिने भएकाले अन्य आफन्त तथा छिमेकीहरु समेत टर्की पालन तर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।

उहाँका अनु्सार पोल्याङमा अन्य परिवारले समेत दश वटा देखि ७० वटासम्म टर्की पाल्न थालेका छन् । यस अघि लोकल कुखुरा तथा बट्टाई पालन तालिम समेत लिसकेको पौडेलले अहिले प्रतिलट ५० हजार मुनाफा लिन सफल छन् । तीन देखि ६ महिनामा मासुका लागि योग्य हुने टर्की ५ देखि ७ किलोसम्म सम्म हुने पौडेल पत्नि शोभाले बताउनुभयो । टर्कीको मासुको बजार मुल्य हाल प्रतिकेजी एक हजार रुपैयासम्म पर्ने उहाँले जानकारी दिनुभयो ।

टर्कीको मासु बोसोरहित हुने र मानिसको हड्डी मजबूद बनाउनुका साथै मुटु,सुगर प्रेसर लगायतका दीर्घकालिन रोगी सबै प्रकारका बिरामीले खाना मिल्ने भएकोले यसको मासुको माग बढि रहेको छ ।  टर्की पालन ब्यवसायमा क्षति कम हुने भएकाले पोल्याङका वासिन्दा त्यसतर्फ आर्कषण बढ्न पुगेको सोही ठाउँ निवासी शिक्षक लोकराज सेढाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोल्याङमा हाल १४ परिवारले टर्की पाल्न थालेका छन् । ‘पाल्नको दुःख पनि छैन, महिनामै ५० हजार जति नाफा पनि हुने’ शोभाले भन्नुभयो ‘फाल्टु समयको सदुपयोग पनि भएको छ कमाई पनि राम्रो छ ।’

एक सय टर्की पाल्दा ६ महिनाको अवधिमा झण्डै रु.चार लाख सम्म कमाउन सकिने अर्का स्थानीय किसान पौडेल बताउनुहुन्छ । लोकल कुखुरा, खसीबोकाको तुलनामा टर्कीको मासु भन्दा स्वादिष्ट र फाइदाजनक रहेकोले संम्भव भए र पाएसम्म बुझ्ने मानिसहरुले टर्कीकै मासु खाने गरेका छन् ।

ए ग्रेड जातको टर्की नौ महिनामा १८ किलोग्राम सम्म तौल हुन्छ । उहाँले भन्नुभयो ‘शुरु शुरुमा त काटेर बिक्री गर्न गाह्रो गाह्रो भयो, अहिले हप्तामा एउटा टर्की घरमै काट्दा बिक्री भैरहेको छ ।’

गाउँ घरमा सबैले टर्की पाल्न शुरु गरेपछि केहि महिना अघि आफुले पनि ७० वटा टर्की ल्याएर पाल्न थालेको अर्का स्थानीय सुभद्रा कार्की पराजुलीले बताउनुभयो । तीन महिना अघि देखि ल्याएर आफुले पहिलो पटक टर्की पाल्न शुरु गरेको उहाँले जानकारी दिनुभयो । उक्त क्षेत्रका थप २० घर परिवारले समेत टर्की पाल्नको लागि चल्ला माग गरिरहेको कृषक पौडेलले बताउनुभयो ।

पौडेले बन्दाबन्दी खुलेर यातायात सञ्चालन भएता पनि बैकमा तिर्नुपर्ने किस्ताका लागि टर्की पालनबाट हुने आम्दानीले सहज भएको बताउनुभयो ।

Previous Post

दुई छोराका निःसन्तान बुवा डोरप्रसाद

Next Post

म्याग्दे गाउँपालिका थप ४ दिनसम्म बन्द

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
म्याग्दे गाउँपालिका थप ४ दिनसम्म बन्द

म्याग्दे गाउँपालिका थप ४ दिनसम्म बन्द

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?