म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै कार्यलय चार दिनसम्म बन्द हुने भएको छ ।
गाउँ कार्यपालिकाको १७ गते बसेको बैठकले मंगलबारदेखी आगामी शुक्रबारसम्म कार्यलयमा अत्यावश्यक बाहेक सम्पुर्ण सेवाहरु पुर्ण रूपमा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि कार्यालय बन्द गरिएको अधिकारीले बताउनुभयो ।
उक्त अवधिमा गाउँपालिका कार्यालय, वडा कार्यालय, गाउँपालिका भित्र रहेका संस्थागत र सामुदायिक विद्यालय र सेवा प्रदायक संघ संस्थाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा पुर्ण रुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ । यसअघि गतसाता पनि गाउँपालिका तीन दिन बन्द गरिएको थियो ।
Discussion about this post