दुलेगौडा । छोरीेको जन्मदिनको अवसरमा पारेर शुक्लागण्डकी एक परिवारले सडक दुर्घटनाबाट गम्भिर घाइते भएकी विरामीलाई सहयोग गरेका छन् ।
शुक्लागण्डकी नगरपालिका २ जुवादीका दुर्गा विश्वकर्मा र उहाँकी श्रीमति पुर्णिमा विश्वकर्माले छोरी एञ्जलको पहिलो जन्मोत्सवमा स्पाइनल इन्जुरी भएकी सुनिता थारुलाई आर्थिक सहयोग गर्नुभएको हो ।
क्मजोर आर्थिक अवस्थाका कारण उपचारमा समेत समस्या भएकी सुनितालाई उहाँहरुले नगद पाँच हजार रुपैया प्रदान गर्नुभएको थियो । सानो पारिवारिक कार्यक्रम गर्दा हुने खर्चलाई ब्यवस्थापन गरेर छोरीको जन्मदिनलाई फरक बनाउने प्रयास गरेको वुवा विश्वकर्माले बताउनुभयो । उहाँ छोरीको जन्मदिनमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने परम्पराको थालनी आफुबाट सुरु गरेको समेत जनाउनुभयो ।
शुक्लागण्डकी नगरपालिका ४ पञ्चमुनीचोकमा बस्दै आउनुभएकी थारुलाई गत असार ११ गते जिपले ठक्कर दिएको थियो । मेरुदण्डमा समस्या भएपश्चात हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएको थारुलाई उपचारको लागि समेत आर्थिक अभाव भएको श्रीमान भागिराम थारुले बताउनुभयो ।
बर्दिया घर भई दुलेगौडामा मजदुरी गरि अस्थायी बसोबास गरेका थारु दम्पती दुर्घटना भएपश्चात समस्यामा परेको शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य भरत लामगादे बताउनुहुन्छ ।
Discussion about this post